मन्थलीको चनखुमा एमाले प्रवेश नगरेको निउमा छिमेकी सहित एमाले कार्यकर्ताले काँचै कोदो टिपे, सुवाश भन्छन् मलाई न्याय चाहियो (भिडिओसहित)

| कात्तिक २७, २०७९ आइतबार

A A A
A A A

२७ कात्तिक, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १० चनखुमा दुई छिमेकीबिच रहेको जग्गाको बिबाद्भित्र राजनीतिकरण हुँदा छिमेकीले रोपेको काँचै कोदो टिपिएको छ । 

 

त्यो पनि सुवाश थापाले रोपेको कोदो रामबहादुर भण्डारीको परिवारले टिपेको कोदो रोपेका सुवासले रामेछाप टाइम्ससंग बताए । ‘मैले मेरै नाममा रहेको जग्गामा रोपेको कोदो शनिवार आज एमालेको चुनावी अभियानमै हिँडेका मान्छेसहित आएर काँचै टिपे, फाँडे, अराजकता देखाए सुवासले भने ।’ 

 

जग्गा विवादित भने रहेको सुवाश बताउँछन् । ‘जग्गा विवादित भने हो । तर, मेरै नाममा छ । वडामा समेत निवेदन परेको छ । वडा अध्यक्षले पनि छलफल गरौँला भनेका थिए । तर, आज पार्टी प्रवेश नगरेको निहुँमा मेरो बारीमा रोपेको कोदो पाक्दै नपाकी टिपियो ।’ 

सुवाश थापा ।

माओवादी पार्टीमा आबद्ध सुवासलाई गत स्थानीय तहको निर्वाचन देखिनै एमालेमा प्रवेशको लागि दबाब दिइरहेका थिए । यसरी आफूलाई पीडित बनाउनको लागि डम्बरबहादुर बोहोरा, भरतबहादुर बोहोरा र रामबहादुर खत्री रहेको सुवासले सुनाए । जसमा भरतबहादुर बोहोरा निवर्तमान वडा अध्यक्ष समेत हुन् ।

 

 

सोही विषयमा प्रहरी गुहार्न उनी जिल्ला सदरमुकाम समेत रहेको मन्थलीमा आएका छन् । उनी कानुनी लडाई अगाडी बढाउनु पर्ने भन्दै आज कानुन व्यवसायीहरुसंग छलफलमा रहेको जानकारी दिए । 

 

 

निवर्तमान वडा अध्यक्ष समेत रहेका एमाले नेता बोहोरा चुनावी अभियानमा रहेका १७÷१८ जना हामी थियो । तर, कोदो चैँ सुवासकै परिवारले टिपेका हुन् । बिबाद् चैँ रहेछ । म, छिमेकी पनि हुँ रामेछाप टाइम्ससंग भन्छन् ।

 

पार्टीको प्रवेश गर्नु पर्ने बहानामा कोदो टिपिएको भन्ने विषयमा उनी बोल्न चाहेनन् । 

 

 

त्यस्तै सुवासको बारीमा कोदो टिप्ने भनिएका रामबहादुर भण्डारी भने आफूले कोदो टेपेको विषयमा आफूलाई थाहा नभएको बताउँछन् । ‘म, खेतमा धान काट्न व्यस्त थिए । मलाई यस बारेमा थाहा छैन भण्डारीले रामेछाप टाइम्ससंग भने ।’

 

बारीमा छिमेकीबिच बिबाद् रहेको उनी स्वीकार गर्छन् । तर, कोदो टिपेको विषयमा भने थाहा नभएको बताए । 

 

तस्विर स्रोत  सुवाश  ।