खिम्तीमा ट्याक्टरले प्रहरीकाे माेटरसाइकललाई ठक्कर दियाे : प्रहरी हवल्दारसहित २ गम्भीर घाइते, ट्याक्टर चालक फरार

| बैशाख २१, २०७८ मंगलबार

सागर खड्काबाट प्राप्त दुर्घटनाको फाेटाे
A A A
A A A


२१ वैशाख, रामेछाप । रामेछापकाे खिम्ती बजारमा ट्याक्टरले प्रहरीको माेटरसाइकललाई ठक्कर दिदाँ दुई जना प्रहरी गम्भीर घाइते भएका छन् । 

 

मंगलबार आज साँझ करिब ७ :३० बजेकाे समयमा गाेकुलगंगा गाउँपालिकाकाे नामाडीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेकाे बा ६ त २७७२ नम्बरकाे ट्याक्टरले प्रहरीकाे माेटरसाइकललाई ठक्कर  दिँदा डिउटीमा खटिएका प्रहरी हवल्दार र सहि गम्भीर घाइते भएको प्रत्येक्ष दर्शी सागर खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार मादक पदार्थ सेवा गरि ट्याक्टर चलाएका ट्याक्टर चालक दुर्घटना भएलगत्तै फरार छन् । 

 

दुर्घटनामा परेका दुई प्रहरीलाई उद्दार गरि मन्थली तर्फ ल्याइएको उनले बताए  । उनीहरुकाे परिचय खुलेकाे छैन ।  

 

चालकले मादक पदार्थ सेवान गरि सवारी रङ साईडमा चलाएकाे रहेछ । चेकजाँचमा आएको प्रहरीकाे बाइकलाई ट्याक्टरले ठक्कर दिएछ, बाइक ट्याक्टर मुनि च्यापिएकाे बेला चालक भगेछन्, प्रहरीलाई स्थानीयसहितले उठाएर उपचारको लागि मन्थली पठायाै खड्काले रामेछाप टाइम्ससंग भने । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार