प्रदेश सभा ‘क’ का उम्मेदवार ‘बिगुल’ ले भने ‘एमालेको भन्दा गठबन्धनको जनमत दोब्बर’, एस पार्टी प्रति आक्रोशित (भिडिओसहित)

| कात्तिक २९, २०७९ मंगलबार

A A A
A A A

२९ कात्तिक, रामेछाप । गठबन्धनका प्रदेश सभा ‘क’ का उम्मेदवार एवं माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले ‘बिगुल’ ले रामेछापमा एमालेको भन्दा दोब्बर जनमत रहेको बताएका छन् ।

 

‘गठबन्धनले खोट लगाउनै नसक्ने उम्मेदवार लोकप्रिय नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’, म आफै संविधान सभा सदस्य समेत जिल्लाको विकास प्रेमी र युवराजजी पनि लामो समय पार्टीको अन्तर्राष्ट्रिय समितिमा बसेर काम गरेका नेता भएकाले पनि यो चुनावी माहौलमा एमालेको भन्दा दोब्बरै बढी सयौँ, हजारौँ जनताको साथ पायो । माहौल, जनताको अपार माया, अपार सहयोग, अपार समर्थन र गठबन्धनलाई विजयी बनाउनको लागि जनताको समर्थन देखिएकाले हाम्रो जित निश्चित देखिएको जनताको मायाबाट पायौँ । विपक्षी गठबन्धन भन्दा झन्डै दोब्बर जनमत हाम्रो पक्षमा देखियो भने ।’

 

 

मंगलबार बिहान पत्रकार भेटघाट गर्दै सदरमुकाम मन्थलीमा चुनावी अभियान बारे जानकारी दिँदै राजनीति दलबाटै देशको विकास र समृद्धि हुने दाबी गरे । 

 

उनले केही स्वतन्त्र उम्मेदवार बन्ने बढेको प्रति लक्षित गर्दै देशका विभिन्न काल खण्डमा माओवादी केन्द्र, नेपाली काँग्रेस लगाएतका दलले देशलाई यहाँ सम्म ल्याइपुर्याकाले अरू भन्ने र बन्ने कुरा सामान्य रहेको तर्क गरे । 

 

 

गठबन्धनको विकल्प नहरेको पटक पटक दोहोर्‍याएका माओवादी केन्द्र रामेछापका सचिव समेत रहेका श्रेष्ठले वैकल्पिक गठबन्धनहरूबाट देश विकास सम्भवन नरहेको जिकिर गरे । 

 

एकिकृत समाजवादी पार्टी (एस) रामेछापले केन्द्रको गठबन्धनलाई लत्त्याउँदै छुट्टै उम्मेदवारी दिएको प्रति आक्रोशित देखिएका उम्मेदवार श्रेष्ठले एसले राजनीतिक पार्टीको मर्यादा राख्न नसकेको आरोप लगाए । 

 

उनी (एस) का केन्द्रीय पोलिट्ब्यूरो सदस्य एवं रामेछाप एस पार्टी इन्चार्ज देवशंखर पौडेलले राजनीति चरित्र विश्वास लाग्दो नरहेको उल्लेख गरे । उनले पौडेलले देखाएको तत्कालीन चरित्रलाई आगामी दिनमा नेता स्वीकार गर्न लायक नरहेको जिकिर गरे । एसका उम्मेदवार रमेशकुमार बस्नेत बागी उम्मेदवार रहेको उनको भनाई छ । 

 

पूर्व संविधान सभा सदस्य समेत रहेका श्रेष्ठले आफूले जतिको विकास रामेछापमा अरू कुनै नेताले नगरेको जिकिर गरे । उनले यहाँको विकास मैले जति कसले गरेको छ ।

 

तीन वटा मुख्य सडक, पूर्ण विधुतीकरण भएको सडक गाउँ गाउँसम्म पुर्‍याएको उनको जिकिर छ । त्यस्तै उनले एमालेले भ्रम फिँजाउने काम गर्न लागि परेको दाबी गरे । 

 

 

बाँकि भिडिओमा हेर्नुहोस् उनले के के भने ।