मन्थली चनखुमा एमालेको कार्यक्रम स्थलमा भेटियो ‘खत्रा’ लेखिएको शंकास्पद् वस्तु : गठबन्धनले यस्तो गरेको एमालेको आरोप

| मंसिर १, २०७९ बिहिबार

तस्बिर सामाजिक संजाल ।
A A A
A A A

१ मंसिर, रामेछाप । रामेछापको मन्थली चनखुमा बुधवार एमालेको चुनावी आम सभा कार्यक्रम राखिएको स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । 

 

मन्थली नगरपालिका वडा नं १० स्थित सोही वडा पार्टी कमिटीले आयोजना गरेको चुनावी प्रचार तथा मतदाता भेटघाट कार्यक्रम स्थलमा ढुङ्गाले घेरेर कुकरमा फोहोर पोको पारेको अवस्थामा भेटिएको हो । 

 

यसरी पोको पारिएको अवस्थामा खत्रा लेखिएको भेटिएपछि एमालेको कार्यक्रम केही ढिला समेत भएको थियो । त्रास फैलिएको थियो । 

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) राजकुमार थिङले रामेछाप टाइम्सलाई भने ‘ढङ्गाको थुप्रोमा कुकरभित्र फोहोर पोको पारेर शङ्कास्पद रूपमा राखिएको रहेछ । म, सहित नेपाली सेनाको ‘बम’ डिस्पोज् टोली पुगेको थियौँ । शंकास्पद् रूपमा त्रास फैलाउन राखिएको रहेछ ।’

 

सूचना अधिकारी राजुप्रसाद ढकालेले पनि त्रास फैलाउनको लागि 'होक्स' को रुपमा यसो गरिएको बताएका छन् । 'बम हैन होक्स प्रयोग गरेको पाइयो उनले बने। 

 

मंसिर ४ गते हुन लागेको चुनाव बहिस्कार गरेको नेकपा क्रान्तिकारी (विप्लव) सहितको टिमले केही दिन अगाडि पनि  निर्वाचन बहिस्कार लेखिएको पर्चाहरू छरेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर घटना बारे बुझेर सम्झाई बुझाई गरेर छाडिएको प्रहरीले जनाएको छ । 

 

यता कार्यक्रम स्थलमा शङ्कास्पद वस्तु भेटिएपछि ढिला गरी भएको कार्यक्रममा एमालेले गठबन्धन पक्षले आफ्नो कार्यक्रम बिथोल्न यस्तो गरेको आरोप लगाएको छ ।