आज रातिदेखि स्थिर समय : २५ सय सुरक्षाकर्मी र १८१७ जना कर्मचारी परिचालन, २२ प्रतिनिधिसभा, २३ प्रदेश सभाका उम्मेद्वार मैदानमा (तस्बिरहरु)

| मंसिर १, २०७९ बिहिबार

फाइल फोटो
A A A
A A A

१ मंसिर, रामेछाप । आज बिहीबार राति १२ बजेदेखि निर्वाचनमा ‘स्थिर समय’ समय लागू हुँदै छ । गत कात्तिक १७ गतेदेखि चुनावी प्रचारमा खटिएका सम्पूर्ण राजनीतिक दलहरूले आजदेखि कुनै पनि प्रकारबाट प्रचारप्रसार गर्न पाउँदैनन् । मतदानको ४८ घण्टा अगाडि देखि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ । 

 

यसै बिच निर्वाचनमा खटिएका प्रहरीहरू जिल्लाका ९६ वटै मतदान स्थल र  २२६ वटा मतदान केन्द्रमा पुग्ने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यो निर्वाचनमा ११ सय १२ जना म्यादी प्रहरी, ६०४ प्रहरी सहित सशस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ५  सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । 

 

यसरी परिचालित प्रहरी प्रत्येक पालिकामा दुई वटा मोबाइल सेल, जिल्लामा दुई वडा ‘रिजव’ निर्वाचन सेल लगायत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको विभिन्न तहको सुरक्षा टिम तयारी रहेको जनाइएको छ । 

 

स्थिर समय भनेको हो हेर्नुहोस् भिडिओमा । 

म्यादी प्रहरी तिहार लगत्तै निर्वाचन केन्द्रमा खटिएका छन् । त्यस्तै प्रहरी पनि कतिपय ठाउँमा पुगी सकेको र आजबाट सबै केन्द्रमा पुग्ने ढकालले रामेछाप टाइम्सलाई बताए । 

 

त्यस्तै मतदान अधिकृत सहितको टोली पनि आज सबै मतदान  केन्द्रहरूमा पुगेर स्थिर समयको सूचना टाँस्ने र व्यवस्थापनको काम गर्ने बताइएको छ । धमाधम मतदानका सामाग्री बुझ्ने, बुझाउने र पठाउने काम भइरहेको प्रमुख निर्वाचन अधिकृत मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

यो निर्वाचनमा विभिन्न तहका कर्मचारीहरू गरी कूल १८ सय १७ जना कर्मचारी परिचालन गरिएको छ । 

 

 

एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन,एमाले, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र उम्मेदवार सहित २२ जना चुनावी मैदानमा छन् । 

 

त्यस्तै दुई प्रदेश सभा सदस्यको लागि प्रदेश सभा ‘क’ मा ११  जना र ‘ख’ मा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । यसरी दुई प्रदेशका कूल २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

 

सबै राजनीतिक दलहरू चुनावी प्रचारको लगबग् अन्तिम चरणमा रहेका छन् । 

 

 

हाल सम्मको चुनावी माहौल हेर्दा गठबन्धन बलियो देखिएको धेरैको आङ्कलन छ । यद्दयपी एमाले पनि आफू चुनावी जित्ने आशामा रहेको बताउँछ । 

 

तस्बिर हेर्नुहोस्