खाँडादेवी गाउँपालिका प्रमुख श्रेष्ठको गाडी साँघुटार प्रहरीले नियन्त्रणमा लियो

| मंसिर १, २०७९ बिहिबार

तस्बिर सामाजिक संजाल ।
A A A
A A A

१ मंसिर, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका प्रमुख ज्ञानकुमार श्रेष्ठको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

आज बिहीबार दिउँसो ३ बजेको समयमा उनी चढेर गएको सरकारी नम्बर प्लेटको बा २ झ ३४१५ नम्बरको गाडी स्थानीयले प्रहरीलाई खबर गरेपछि रामेछापको साँघुटारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

‘सरकारी गाडी चढेर पार्टीको कार्यक्रममा गएको भेटिएपछि स्थानीयले खबर गरेको र साँघुटार प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ, ढकालले भने ।’ 

 

 

निर्वाचन आयोगले जनप्रतिनिधिहरूले आफ्नो पालिका भित्र चुनाव प्रचार प्रसारमा हिँड्न पाउने बाहेक गाडीहरूको प्रयोग नगर्न र अरू स्थानीय तहमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने निर्देशन दिएको छ । 

 

श्रेष्ठ एमालेबाट निर्वाचित पालिका अध्यक्ष हुन् ।