मन्थलीको भैरवी मावि मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत थापा पक्राउ

| मंसिर २, २०७९ शुक्रबार

सांकेतिक तस्विर ।
A A A
A A A

२ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी स्थित भैरवी मा.वि‍. मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

पकरबास प्रा.वि.का शिक्षक मुनबहादुर थापालाई नगरपालिकाको वडा नं ५ स्थित भैरवी मा.वि. को ‘ग’ मतदान केन्द्रमा खटिएको बेला जाँड खाएर होहल्ला गरेपछि आज शुक्रवार मतदान केन्द्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजु प्रसाद ढकालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

प्रहरी नियन्त्रणमा लिएका थापालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । 

 

 

निर्वाचनमा कूल १८ सय १७ जना कर्मचारी परिचालन गरिएको छ । जसमा ६ सय भन्दा बढी शिक्षकहरू रहेका छन् ।