कोरोना महामारीका बावजुत् उत्घाटन गरियो फुलासी वडा कार्यालय (फोटोफिचर)

| बैशाख २२, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२२ वैशाख, मन्थली । रामेछापको मन्थली नगरपालिकाको वडा नं १४ फुलासीमा नवनिर्मित वडा कार्यालय भवन र पोखरी आधारभुत स्वास्थ्य संस्था उद्घाटन गरिएको छ ।

 

कोरोना महमारीका बाबजुत् बुधबार नगरप्रमुख रमेश कुमार बस्नेतले सिमित मानिसहरुको उपस्थितिमा वडा कार्यालय उत्घाटन तथा हस्तान्तरण गरेका हुन् ।

 


स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वडा कार्यालयमा एक औपचारीक उपस्थितिकाबीच वडा कार्यालय हस्तान्नतरण गरिएको नगरपालिकाका सव इन्जिनियर तथा उत्घाटन कार्यक्रममा सहभागी होम खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार बुधबारदेखि नै नवनिर्मित भवन संचालनमा आएको छ । 


१ करोड २० लाख लागतमा बनेको वडा कार्यालय भवन भुकम्प प्रतिरोधी र सुविधा सम्पन्न रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराल पौडेलले रामेछाप टाइम्सलाई बताए । 
त्यस्तै स्वास्थ्य केन्द्रको २६ लाख रुपैयाँ भ्याट सहित निर्माण सम्पन्न गरिएको इन्जिनियर खड्काले रामेछाप टाइम्सलाई बताए । 


बी एण्ड सी कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको वडाकार्यालय भवन कोरोना महामारीको चुनौतीको बाबजुत संचालनमा आएसंगै वडाबाट हुने सेवा प्रवाहमा सहज्ता आउने भएको छ । 
त्यस्तै स्वास्थ्य कार्यालय शंकर निर्माण सेवाले निर्माण गरेको थियो ।

 

स्वास्थ्य केन्द्र संचालनामा आएसंगै कोरोनाको महामारीमा झेल्दै आइएको समस्यामा थप बल पुगेको छ  ।

 


फोटो होम खड्काबाट प्राप्त 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार