नामाडीमा एमाले र कांग्रेसका कार्यकर्ता बिच झगडा, एक गम्भीर
४ मंसिर, रामेछाप । नामाडिमा नेपाली कांग्रेसका कार्यर्ता बसिरहेको ठाउँ एमालेका कार्यकर्ताले ढुङ्गाले हानेपछि झगडा भएको छ ।
आज नामाडी बजारमा हामी १५-२० जना बसिरहेको ठाउँ एमालेका देवराज खड्का र सुमन खड्काले ढुङ्गाले हाने त्यपछि हातहालाहाल भयाे नेपाली कांग्रेस जिल्ला पार्टी सचिव दिपक खड्काले रामेछाप टाइम्ससं भने ।
मतदान स्थल नजिकै उक्त घटना भएको जनाइएको छ । दुई पार्टी नेता कार्यकर्ता बिचकाे झगडामा एमालेका कार्यकर्ता घाइते भएको जनाइएको छ ।
एक जनाकाे अवस्था गम्भीर रहेकाे जानइएकाे छ । उनकाे उपचारको लागि अस्पताल पठाइएकाे छ ।
मतदान भने राजी छ । हालसम्म त्यहा १५ सय बढी मत खसेकाे छ ।