रामेछापमा कूल ८८७५७ खस्याे, कुन स्थानीय तहमा कति ? (मतपरिणामसहित)

| मंसिर ४, २०७९ आइतबार

A A A
A A A

४ मंसिर, रामेछाप । ४६ प्रतिशत मतदान भएको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको रामेछापमा ८८ हजार माथिले मतदान गरेका छन् । 

 

रामेछाप टाइम्सलाई प्राप्त विवरण अनुसार आठ स्थानीय तहमा ८८ हजार ७ सय ५७ मत खसेकाे हाे । 

 

दुई निर्वाचन क्षेत्र रहेकाे रामेछापमा प्ररम्भिक जानकारी अनुसार उमाकुण्ड गाउँपालिकामा सबै भन्दा कम ७ हजार ५७१, गाेकुलगंगा गाउँपालिकामा ९ हजार ७०, लिखु तामाकोसी गाउँपालिकामा ९ हजार ४०४, खाँडादेवी  गाउँपालिकामा ११ हजार ६४०, दाेरम्बा शैलुङ गाउँपालिकामा १० हजार ३५९ र सुनापति गाउँपालिकामा ९ हजार ८०२ मत खसेकाे छ । 

 


त्यस्तै मन्थली नगरपालिकामा सबैभन्दा धेरै १८ हजार ९३६ मत र रामेछाप नगरपालिकामा ११ हजार ९७५ मत खसेकाे विवरण हामीलाई प्राप्त भएको छ । 

 

जिल्लामा छिट्फूट् घटना बाहेक सामान्य रुपमा मतदान सम्पन्न भएको छ । याे मत गत स्थानीय तहकाे निर्वाचनको तुलनामा २० प्रतिशतले कमी हाे । गत निर्वाचनमा कूल  ६५.५४ प्रतिशतले मतदान गरेका थिए ।  


जिल्लामा  कूल एक लाख ८३ हजार तीन सय नौ जना पुगेको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा कूल लाख ८० हजार १ सय ६ जना मतदाता रहेका थिए । 

 

अहिले सबै स्थानीय तहबाट मतपेटिका संकलन भैरहेको छ ।