रामेछापमा सर्वदलीय बैठक बस्नै सकेन, मतगणना अनिश्चित

| मंसिर ५, २०७९ सोमबार

A A A
A A A

५ मंसिर, रामेछाप । देशका विभिन्न जिल्लाकाे मत परिणाम आउन सुरु भैसके पनि रामेछापमा भने सर्वदलीय बैठक समेत बस्न सकेको छैन् । 

 

हालसम्म पनि सर्वदलीय बैठक बस्न नसकेको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर शाहले रामेछाप टाइम्सलाई जानकारी दिए । अहिले सम्म बसेकाे छैन । ३ बजेसम्म बस्ने कुरा छ । तर, आधिकारिक जानकारी आएको छैन् शाहले भने । 

 

४८ प्रतिशत मत खसेकाे रामेछापमा हिजो आइतबार शान्तिपूर्ण रुपमा मतदान भएको थियाे । सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम मन्थली मुख्य निर्वाचन अधिकृतकाे कार्यालय भएको ठाउँमा ल्यायीएकाे छ ।

 


गत स्थानीय तहकाे  निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेश सभा सदस्यकाे लागप भएको निर्वाचनमा १७.२५ प्रतिशतले कम मत खसेकाे हाे । याे निर्वाचनमा मतदातामा उत्साह देखिएको छैन ।