खिम्ती दुर्घट्ना अपडेट : ट्याक्टरले ठक्कर दिएका प्रहरी हवल्दारको मृत्यु, ट्याक्टर चालक अझै बेपत्ता

| बैशाख २२, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२२ वैशाख, रामेछाप । ट्याक्टरले ठक्कर दिदाँ डिउटीमा खटिएका प्रहरी हवल्दारको ज्यान गएको छ । मृत्यु हुनेमा प्रहरी हवल्दार नन्दलाल शर्दारा रहेका छन् । भने प्रहरी नायवनिरीक्षक जोखन बैठा गम्भिर घाइते भएका छन् । दुर्घटना जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा भएको थियो । प्रहरी हवल्दार खिम्ती प्रहरी चौकीबाट गस्तिमा खटिएका हुन् । 

 


गत मंगलबार राति  ७ : ३० बजेको समयमा गोकुलगंगा गाउँपालिका नामानीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको ना ६ त २७७२ नम्वरको ट्याक्टरले ठक्कर गस्तिमा खटिएको ४७ प ५२१५ नम्बरको प्रहरीको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

 


ठक्करबाट गम्भीर घाइते भएका प्रहरी हवल्दारको मन्थलीस्थित तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएकोमा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक प्रहरी अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

गम्भिर घाइते बैठाको काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । उनको अवस्थाखतरा मुक्त रहेको उनले बताए । 

 


ठक्कर दिने ट्याक्टरका चालक फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालयले ट्याक्टर नियन्त्रणमा लिएर फरार चालकको खोजिकार्य गरि रहेको छ ।

सम्बन्धित समाचार-खिम्तीमा ट्याक्टरले प्रहरीकाे माेटरसाइकललाई ठक्कर दियाे : प्रहरी हवल्दारसहित २ गम्भीर घाइते, ट्याक्टर चालक फरार
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार