१६ दिने हिंसा विरुद्धको दिवस सुरु

| मंसिर ९, २०७९ शुक्रबार

A A A
A A A

९ मंसिर, रामेछाप । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ । जसअनुसार रामेछाप सहित देशका विभिन्न जिल्लामा यो अभियान विभिन्न सचेतना मूलक कार्यक्रम गरी मनाउन सुरु भएको छ । 

 

 

यता रामेछापमा पनि आठ वटै स्थानीय तहहरूले विभिन्न सचेतना मूलक र्‍याली, कोण सभा, सचेतना मूलक कार्यक्रम गरी दिवस मनाउन सुरु गरेका छन् । 

 

 

कतिपय स्थानीय तहले आज शुक्रवार साँझ दीप प्रज्वलन समेत गरेका छन् । 

 

 

सदरमुकाम रहेको मन्थली नगरपालिकाले आज विभिन्न सचेतना मूलक नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गर्दै मन्थलीमा र्‍याली निकालेको छ ।