रामेछापमा निषेधाज्ञा उल्लङ्घन् : ५८ जना सर्वसाधरण,६० सावरी साधन कारवाहीमा, भोलीदेखि थप कडाई

भोलीदेखि निषेधाज्ञा तोड्नेलाई कडा कारवाही

| बैशाख २२, २०७८ बुधबार

फाइल फोटो : मन्थली, देवकोटा चोकमा चेकजाँच गर्दै ट्राफिक प्रहरी,
A A A
A A A

२२ वैशाख, रामेछाप । रामेछापमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कारवाही गरेको छ । प्रहरीले संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरेको हो ।

 

निषेधाज्ञा जारी गरेको पहिलो दिन हिजो १६ वटा सवारी साधनलाई होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख नवराज ढुङ्गानाले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार कोरोना रोकथाम गर्न राज्यले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड उल्लङघन् गर्नेलाई प्रहरीले कारवाही गरेको हो । पहिलो दिन निषेधाज्ञा उल्लेङ्घन् गरि मास्क नलगाई हिड्डुल् गर्ने ४३ जना सर्वसाधारणलाई कारवाही गरिएको उनले बताए । 

 

 

'कोरोना रोकथाममा हामी सबैको उत्किकै दायित्व छ, स्वास्थ्य मापदण्ड सबैले पालना गर्नु पर्छ, प्रहरीलाई कारवाही गर्न रहर हैन, छैन, त्यसैले हामी सबै सचेत बन्नु नै अहिलेको उत्तम उपाय हो भने ।'

 


जिल्लामा निषेधाज्ञा जारी गरिएका क्षेत्रमा प्रहरीले भोलीदेखि थप कडाई गर्ने तयारी गरेको उनले बताए । बुधबार सम्म मास्क नलगाई हिड्नेलाई प्रहरीले रु एक सय रुपैयाँ जरिवाना गरेको छ । 

 

त्यस्तै निषेधाज्ञाको दोस्रो दिन चारपाङ्ग्रे गाडी १८ वटा, मोटरसाईकल २६ वटा र ब्यक्ति १५ जनालाई नियन्त्रणमा राखेर उनीहरुलाई निषेधाज्ञाको बारे ब्रिफिङ् गरेको बताए । दुई दिनको अवधिमानै जिल्लामा ५८ जना सर्वसाधरण मात्रै कारबाहीमा परेका छन् । 

 


रामेछाप प्रहरीले जिल्ला कोभिड नियन्त्रण तथा ब्यवस्थापन समितिले गरेको निर्णयलाई अक्षरस पालना नगर्नेलाई भोलीदेखि संक्रामक रोग ऐनमा उल्लेख गरिएको अनुसार कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।  
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार