रामेछापमा पासपोर्टको अनलाइन फारम जिल्ला प्रशासनले निःशुल्क भरिदिने, पैसा तिरेर बाहिर नभर्न प्रजिअको आग्रह

| मंसिर १६, २०७९ शुक्रबार

A A A
A A A

१६ मंसिर, रामेछाप । वैदेशिक रोजगारीमा जानेहरूको लागि राहदानी (पासपोर्ट) अनलाइन फारम भर्ने कन्सल्टेन्सिहरुले मनलाग्दी रकम असुलेपछि रामेछापमा जिल्ला प्रशासन कार्यालयले यसमा कडा नियमन लगाएको छ । 

 

जिल्ला सदरमुकाम मन्थली स्थित जिल्ला प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउनेहरूले अनलाइनबाट आवेदन भर्नु पर्ने हुन्छ । जुन अहिले यहाँका कन्सल्टेन्सी,कम्प्युटर सेन्टरहरूले भर्दै आएका छन् । यसरी अनलाइनबाट आवेदन भर्नेहरूले कन्सल्टेन्सिहरुलाई कम्तीमा रु २५० देखि माथि ८ सय १ हजार सम्म बुझाउने गरेका छन् । 

 

अर्थात् अनलाइनमा आवेदन भरे बापत २५० देखि एक हजार सम्म असुल्ने गरेको गुनासो जिल्ला प्रशासन कार्यालयमै उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिए । 

 

 

यसरी उजुरी लिएर पुग्नेमा पूर्व सांसद समेत रहेको घिमिरेले बताएका छन् ।

 

 

‘मन्थलीमा आयोजित एक कार्यक्रममा उनले भने ‘यो मनलाग्दी रूपमा पैसा असुल्ने काम भएको गुनासो आयो । त्यसैले हामीले यसलाई अब, प्रतिबन्ध लगाउँदै प्रशासनमै निःशुल्क फारम भर्ने व्यवस्थापन गरेका छौँ । अब पैसा तिरेर बाहिर फारम नभर्नुहोला ।’

अनोजकुमार घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी, मन्थली नगरपालिकाको कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर मिलन घिमिरे, रामेछाप टासइम्स 

 

सदरमुकाम मन्थलीमा विभिन्न एक दर्जन बढी कन्सल्टेन्सी, कम्प्युटर सेन्टरहरूले यसरी आवेदन भरेबापत मनलाग्दी रूपमा रकम असुल्ने गरेको घिमिरेले बताए । 

 

 

अब पासपोर्ट बनाउनेहरूले सिधै जिल्ला प्रशासन मार्फतबाट आवेदन भर्न सक्नेछन् । जान्नेले मोबाइल, ल्यापटपबाटै फारम भर्न सकिन्छ । ‘केही दिन समय लाग्ला तर, अब प्रशासनबाटै हुन्छ । बाहिर नभर्नुहोला घिमिरेले भने ।’

गाउँबाट फारम भर्न आउने सँग व्यवसायीहरूले रकम असुल्ने गुनासो यहाँका राजनीतिक दल, पार्टी प्रतिनिधिहरूले प्रशासनमा पटक पटक गरेको प्रशासनको भनाई छ । 

 

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले पनि राष्ट्रिय परिचयपत्र र पासपोर्ट बनाउने क्रममा समस्या देखिएको, भिड्भाड् भएको गुनासो आएपछि समाधानमा केन्द्रित बनेर काम अगाडि बढाएको स्पष्ट परे ।

 

राष्ट्रिय परिचय पत्रको लागि वडा वडामै अभियान मार्फत ६४ वटै वडामै पुगेर वितरण गर्ने काम थालेको स्मरण गर्दै पासपोर्टको लागि पनि नागरिकका गुनासा सम्बोधन गर्न लागि परेको बताए । गत बुधवारदेखि जिल्लाको मन्थली नगरपालिकाका १४ वटा वडामा एकै चोटि राष्ट्रिय परिचयपत्र वितरणको काम धमाधम भइरहेको छ । 

सांकेतिक पासपोर्ट तस्बिर । 

 

नागरिकले आफैले अनलाइन फारम भर्न सक्ने व्यवस्था रहे पनि कन्सल्टेन्सिहरुबाट भर्दै आएको पाइयो । यसरी भर्दा, धेरै मिस्टेकहरु भएको, पैसा पनि मनलाग्दी असुल्ने गरेको पाइएपछि मन्थली नगरपालिकाको समन्वयमा प्रशासनमा कर्मचारी व्यवस्थापन गरेर समाधान तर्फ उन्मुख भएको (प्रजिअ) रेग्मीले उल्लेख गरे ।

 

‘हामीले आवश्यक प्राविधिक तयार व्यवस्था गरिसक्यौँ । कर्मचारी व्यवस्थापन मन्थली नगरपालिकाले गर्ने भएको छ । प्रशासनबाटै निःशुल्क रूपमा भर्ने गरी काम सुरु भएको छ (प्रजिअ) रेग्मीले भने ।’