मन्थली नगरले मनायो ९ औँ स्थापना दिवस, यस्तो छ, तत्कालीन अवस्था (पूर्ण पाठ)

| मंसिर १६, २०७९ शुक्रबार

A A A
A A A

१६ मंसिर, रामेछाप । मन्थली नगरपालिकाले आफ्नो ९ औँ स्थापन दिवस मनाएको छ । नगर विकास र समृद्धिको बाटोमा अगाडि बढेको नगरको भनाई छ ।

 

 

शुक्रवार कार्यालयको सभा हलमा एक भव्य कार्यक्रमको आयोजना गरी नगरप्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत हरि चापागाईँ, सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे, (डिएसपी) राजकुमार थिङ्, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चार कर्मी, पत्रकार, कर्मचारीहरूको उपस्थितिमा नगरले आफ्नो स्थापना दिवस मनाएको हो । 

सहभागीहरु । 

 

दिवसको अवसरमा विभिन्न क्षेत्रमा प्रशंसनीय काम गर्नेहरूलाई सम्मान तथा पुरस्कृत गरिएको नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए । स्थापना दिवस सभालाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले हालसम्म नगरपालिकाले १७.१४ प्रतिशत मात्रै बजेट खर्च गरेको विवरण प्रस्तुत गरे । 

 

 

चालु आर्थिक वर्षको साँढे ४ महिनाको अवधिमा नगरले एक अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेटको खर्च गरेको हो । गत बुधवार सम्म चालु तर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा २१.५१ प्रतिशत अर्थात् १६ करोड २५ खाल ८१ हजार ८८८ रुपियाँ बजेट खर्च भएको नगरप्रमुख श्रेष्ठले बताएका हुन् । 

नगरप्रमुख लब श्रेष्ठ । 

चालु आर्थिक वर्षको हालसम्म नगरपालिकामा ४५ वटा योजनाको सम्झौता भएको र ११ वटाको काम सम्पन्न भई भुक्तानी समेत भैसकेको बताइएको छ । 

 

त्यस्तै नगरपालिकाले चालु आर्थिक वर्षको ४ महिनामा ४ करोड ६३ लाख रुपियाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म लक्ष्यको १९.७८ प्रतिशत मात्रै आम्दानी गरेको छ । 

 

तत्कालीन अवस्थामा यस्तो छ । नगरपालिकाको अवस्था, बजेट यो पूर्णपाठ पढ्नुहोस् ।