पत्रकार ढुङ्गेल सम्मानित

| मंसिर १७, २०७९ शनिबार

A A A
A A A

१७ मंसिर, रामेछाप । पत्रकार रमेश ढुङ्गेल सम्मानित भएका छन् । 

 

शनिवार आज मन्थली बचत तथा ऋण सहकारी संस्थाको २५ औँ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा मन्थलीमा ढुङ्गेललाई सहकारीले नगद ५ हजारसहित प्रमाणपत्रले सम्मान गरेको हो । 

 

नेपाल पत्रकार महासंघ रामेछापका निवर्तमान अध्यक्ष समेत रहेका ढुङ्गेललाई सहकारी क्षेत्रमा कलम चलाएर योगदान गरेको भन्दै सम्मान गरेको संस्थाका सचिव हिमाल ढुङ्गेलले बताए । 

 

 

पत्रकार महासंघ बागमती प्रदेशका कोषाध्यक्ष ढुङ्गेललाई आफ्नो सहकारीको विभिन्न सूचना, समाचारमा कलम चलाएर योगदान दिएको भन्दै ‘सक्रिय सहकारी पत्रकार’ नाम पुरस्कार प्रदान गरेको हो । 

 

सम्मानित भएपछि ढुङ्गेलले सहकारी प्रति आभार रहको बताए । उनी जिल्लामा एक अनलाइन, रेडियो तथा केन्द्रमा एक टेलिभिजनको संवाददाताको रूपमा क्रियाशील छन् । 

 

 

सहकारीले मार्केटिङ प्रमुख कमल बहादुर तामाङसहित सहकारीका ऋणी, बचतकर्ता, बालबचकर्ता, फरक क्षमता भएका बचतकर्ताहरूलाई पनि सम्मान पत्र दिएर सम्मान गरेको हो ।