मन्थली बचत : ११ जनाबाट सुरु भयो १५ हजार बढी सदस्य पुगे, १ अरब ६ करोड बढीको कारोबार

| मंसिर १७, २०७९ शनिबार

A A A
A A A

१७ मंसिर, रामेछाप । २५ वर्ष अगाडि ११ जना कर्मचारीहरूबाट सुरु भएको मन्थली बचत तथा ऋण सहकारी संस्था एक अरब ६ करोड माथिको कारोबारमा पुगेको छ । 

 

 

आज शनिवार सदरमुकाम मन्थलीमा भएको २५ औँ साधारण सभाबिच कोषाध्यक्ष टिका प्रसाद भट्टले स्थापनका कालमा १ लाख ५० हजार ३५७ रुपैयाँबाट सुरु भएको सो सहकारी आज १ अरब ६ करोड ८४ लाख ७९ हजार ७६३ रुपैयाँको कारोबारमा पुगेको जानकारी गराए । 

 

जसमा हाल ६६ लाख ६९ हजार १५२ खुद मुनाफा मात्रै रहेको छ । 

 

त्यस्तै ९ करोड ४५ लाख ९० हजार ४०० शेयर पूँजी, ८५ करोड ३५ लाख ४५ हजार २७४ बचत सङ्कलन र ६६ करोड २५ लाख २५ हजार ९६७ रुपैयाँ ऋण लगानी रहेको उनले बताएका हुन् । 

 

त्यस्तै चालु आर्थिक वर्षको मंसिर १ गते देखि लागू हुने गरी यस सहकारीको मातृ संस्था तामाकोसी सहकारी अस्पतालमा उपचार गर्ने सहकारीका सदस्यहरूलाई दिँदै आएको १५ प्रतिशत छुटलाई बढाएर २० प्रतिशत पुर्‍याएको संस्थाका सचिव हिमाल ढुङ्गेलले बताए । 

 

त्यस्तै उनले ३० बुँदामा समेटिएका विभिन्न महत्पूर्ण योजना सार्वजनिक गरे । 

आगामी योजना  । 

 

त्यस्तै सहकारीका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले गत मंसिर ९ गतेदेखि जिल्लाका विभिन्न ५० भन्दा बढी स्थानहरूमा सहकारीको साधारण सभा सम्पन्न गरेको जानकारी गराए । 

गोविन्द घिमिरेगोविन्द घिमिरे, अध्यक्ष । 

 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले सहकारीले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नु पर्नेमा जोड् दिए । जनताले पाइरहेको सामाजिक सुरक्षा वितरणको समस्यालाई सहकारीको माध्यमबाट हल गर्नु आजको आवश्यकता रहेको प्रमुख न्यौपानेको जोड् छ । 

लवश्री न्यौपाने । रामेछाप नगरपालिका प्रमुख, कार्यक्रमलाई सम्बोधन गर्दै । 

उनले रामेछाप नगरपालिकाले दुई वटा सहकारी संस्था मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लागि सम्झौता समेत रहेको सुनाए । 

 

उनले कार्यक्षमता र दक्षताको आधारमा जनताको विश्वास बढ्ने उल्लेख गर्दै प्रमुख न्यौपानेले जनताको लगानीको दिगो उपयोग हुनु पर्छ भने । 

सदस्यहरु, सहभागी ।सबै तस्बिर मिलन घिमिरे, रामेछाप टाइम्स 

 

१५ हजार ६ सय बढी सदस्यहरू रहेको जानकारी दिँदै अध्यक्ष घिमिरेले एकै ठाउँमा कार्यक्रम गर्न सक्ने अवस्था नहुँदा फरक फरक ठाउँमा कार्यक्रम गरी सदस्यहरूलाई बुझाउन सफल भएको दाबी गरे । 

 

 

सहकारी अभियन्ताको रूपमा परिचित घिमिरेले यसरी कार्यक्रमहरूबाट विभिन्न सल्लाह सुझाव प्राप्त भएको भन्दै ती सुझावका आधारमा आफूहरू नयाँ ढङ्गले काम गर्ने प्रतिबद्धता जनाए । 

 

त्यस्तै उनले मन्थली बचत तथा ऋण सहकारीले पैसा लिने र दिने मात्रै काम नगरेको भन्दै सामाजिक क्षेत्रमा योगदान गरेको उल्लेख गरे । आगामी दिनमा यस्तै महत्पूर्ण कामहरूलाई क्रियाशील गर्ने उनले बचन दिए । 

अडिओमा सुन्नुहोस् कार्यक्रम लाइभ (Live)

 

त्यस्तै सहकारीका सल्लाहकार समिति सदस्य एवं शिक्षाविद् गुञ्ज बहादुर श्रेष्ठले पनि सहकारीले पैसा लिने र दिने मात्रै काम गर्ने केन्द्रित बनेको पर पार्टीबाट परिमार्जित हुनु पर्नेमा सुझाव दिए ।

 

उनले सहकारीहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउनू पर्ने र रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, आय स्तरमा परिवर्तन गर्न सक्नु पर्नेमा जोड् दिए । शिक्षाविद् श्रेष्ठले सहकारीहरूले लगानी गरेर यहाँका बाँझो जमिनलाई उत्पादनशील, उत्पादन वृद्धि र रोजगारीमा जोड्न आग्रह समेत गरे ।