बम्तिभण्डारको सेर्दुगाउँमा महादे, पार्वतीको शिला उत्पत्ति, उँधौलीमा भव्य मेला लाग्दै

| मंसिर १९, २०७९ सोमबार

A A A
A A A

१९ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्तिभण्डार स्थित सेर्दुगाउँमा महादेव र पार्वतीको उत्पत्ति भएपछि भव्य मेला लाग्ने भएको छ । 

 

स्थानीयको एक घरसँगै गत भदौमा महादेव र पार्वतीको शिला आफै उत्पत्ति भएको स्थानीयहरूको भनाई छ । यो शिला गत भदौ पहिलो साता उत्पत्ति भएको स्थानीहरूले बताएका छन् । त्यस यता देवीदेवताको संरक्षण पूजापाठ हुँदै आएको छ । 

 

 

दक्षिणकाली पाथीभराको शिला आफै उत्पत्ति भएपछि सो देवी–देउतालाई एक भव्य मेला सहित प्रचारप्रसार गर्न लागेको माता गुरु दीपक घलेले बताए । निकै शक्तिशाली महादेव पार्वती उत्पत्ति भएकाले यसको संरक्षणमा जोड् दिनु पर्ने उनको भनाई छ। साथै स्वच्छ मनले मागेको पूरा हुन जनविश्वास रहेको छ । 

उत्पत्ति भएको शिला । तस्बिर जीवन घताने, रामेछाप टाइम्स ।

 

उनका अनुसार यही मंसिरको २२ गते बिहीबार उँधौली पर्व  (धान्य पूर्णिमा) को अवसरमा भव्य जात्रा, मेला लाग्ने तयारीमा जुटेको स्थानीय एवं रामेछाप टाइम्सकर्मी जीवन घतानेले बताए । उनले भने ‘शिला आफै उत्पत्ति भएको हो । पहिले पनि स्थानीय धामी झाँक्री सहित उतारिएको छ । अब ठुलो मेला÷जात्राको साथ महादेव, पार्वतीको संरक्षण, प्रचारप्रसार गर्दैछौं ।’

 

 

त्यसको लागि वडावासीसँगै छिमेकी वडा, गाउँपालिका, छिमेकी पालिका र जिल्लाभित्र र बाहिरबाट मेला भर्न आउन निमन्त्रण समेत गरिएको उनी बताउँछन् । 

 

उनले भनेका छन् ‘मेला भर्न धामी झाँक्री तथा श्रद्धालु भक्तजनहरूलाई निमन्त्रणा गरिएको छ । ३ दिन अगाडि देखि माछा मासु लसुन,प्याज,टिम्बुर नखाई आउनु पर्ने छ ।’

 

 

सेर्दुगाउँ बासीको आयोजनामा भव्यताको साथ महादेव पार्वतीको उत्पत्ति गर्न लागेको सुनाउँदै धार्मिक र जनआस्था हुनेले एक पटक आउनै पर्ने वडा बासीको अपिल छ । 

 

 

घर नजिकै आफ्से आफ् उत्पत्ति भएको यो शिला निकै आकर्षक देखिन्छ । साथै त्यहाँका स्थानीयहरूले शिलाको संरक्षण र संवर्द्धनमा जुटेका छन् । 

 

 

यो यहाँको यो शिलालाई संरक्षण गरी श्रद्धालु, भक्तजनहरूको केन्द्रको रूपमा विकास गर्न स्थानीय सरकारको पनि ध्यान जानु जरुरी रहेको वडा बासीको माग छ ।