भुजीमा एक घर जल्दा १० लाख माथिको क्षति

| मंसिर २१, २०७९ बुधबार

A A A
A A A

२१ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीमा बिजुलीको मिटर बक्सको तार सर्ट भएर आगो लाग्दा एक घर जालेको छ । 

 

 

मङ्गलवार दिउँसो करिब ३ बजेको समयमा भुजीका स्थानीय जीवन बसेलको घरमा बिजुलीको मिटर बक्समा तार सट भएर आगो लागेको सोही वडाका अध्यक्ष रुद्रमणि नेवारले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनले भने ‘घरको गारो बाहेक सबै जलेको छ। मिटर बक्समा सर्ट भएर आगो लागेको पाइयो । ४ बजे तिर नियन्त्रणमा लिएको छ ।’ 

 

 

दुई जना बस्दै आएको घरमा नगद सहित सबै सामान जल्दा करिब १० लाख बराबरको क्षति भएको अध्यक्ष नेवारले बताए । 

 

 

चिसो अत्यधिक बढी रहेको अवस्थामा आगो लागेपछि बसेलको परिवार छिमेकीको घरमा बसेर रात बिताएका छन् । आज वडामा बोलाएको छु । वडाले केही सहयोग गर्छ । पालिकाले पनि गर्छ । जिल्ला प्रशासन र प्रहरीलाई पनि हामी खबर गर्छौँ ।सकेको सहयोग गर्ने तयारी हुँदै छ अध्यक्ष नेवारले भने ।

 

 

हावाहुरी र सुख्खा याम लागेसँगै आगोलागिका घटना बढ्न थालेका छन् ।