रस्नालुमा एक्स्काभेटर बोकेको १० चक्के टेलर पल्टियो

| मंसिर २१, २०७९ बुधबार

A A A
A A A

२१ मंसिर, रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसबाट एक्स्काभेटर बोकेर मन्थली तर्फ आउँदै गरेको १० चक्के टेलर रस्नालुको भिमसेनस्थान मोडमा पल्टिएको छ ।  

 

 

प्रदेश नं१–०१०–१००१ क १०६१ नम्बरको १० चक्के टेलर लोबेट चुँडिएर सडकबाट पल्टिएको प्रहरी चौकी गोकुलगंगाले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

सो दुर्घटनामा टेलरका चालक बर्दिया जिल्लाको बासगढी नगरपालिका ५ बस्ने २९ वर्षीय अरुण कुमार थारु सामान्य घाइते भएका छन् । उनको दाहिने कुहिनामा सामान्य चोट लागेको छ । त्यस्तै दुवै सवारीमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले रामेछाप टाइम्सलाई जानकारी दिए ।  

टेलर मङ्गलवार बिहान करिब ९ बजेको समयमा पल्टिएको हो ।