मन्थली नगरपालिका वडा नं १ ले गरिदियो ५७ जनाको निःशुल्क स्वास्थ्य बिमा

| मंसिर २१, २०७९ बुधबार

A A A
A A A

२१ मंसिर, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं १ ले आर्थिक अभावकै कारण स्वास्थ्य बिमा गर्न नसकेका ५७ जना वडा बासीको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ ।

 

 

आर्थिक अवस्था कमजोर भएर स्वास्थ्य बिमा गर्न नसकेका ५७ जना वडा बासीको वडाले बिमा गरिदिएको सोही वडाका वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरि) ले जानकारी दिए । उनका अनुसार आर्थिक अभावकै कारण बिमा गर्न नसकेका नागरिकलाई बिमाको पहुँचमा पुर्‍याउने उद्देश्यले स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्क वडा कार्यालयले तिरेको हो । 

 

वडा अध्यक्ष पौडेलले भने ‘वडा भित्र रहेका सबै नागरिकहरू स्वास्थ्य बिमाको पहुँचमा पुगुन् भन्ने उद्देश्यले वडा कार्यालयमा भएको बजेटबाट बिमा गर्न नसकेका नागरिकहरूको पहिचान गरी बिमा गरिदिएका हौँ ।’

 

 

आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिएर स्वास्थ्य बिमा गर्न छुटेका र आर्थिक अभावका कारण बिमा गर्न नसकेका सबै नागरिकहरूको खोजी गरी उनीहरूको वडा कार्यालयले खर्च व्यहोरेर बिमा गरिदिने उनको भनाई छ । 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार
रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार