लिखु तामाकोशी गाउँपालिकाले सञ्चालन गरेको आँखा शिविरमा ८५२ जनाले लिए निःशुल्क सेवा

| मंसिर २३, २०७९ शुक्रबार

A A A
A A A

२३ मंसिर, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाले सञ्चालन गरेको एक हप्ते स्वास्थ्य शिविर एवं  आँखा शिविरमा करिब नौ सय जनाले सेवा निःशुल्क लिएका छन् । 

 

गाउँपालिकाले पालिका भित्र रहेका नागरिकको आँखाको ज्योति जोगाउने अभियान अन्तर्गत जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौको प्राविधिक सहयोगमा ७ वटै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । 

 

 

आँखामा लाग्ने रोगसँगै यसबाट बच्ने उपाय र आँखा सम्बन्धि सचेतना मूलक कार्यक्रमसहित भएको अभियानमा कूल ८ सय ५२ जनाले निःशुल्क सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोरी शाहले रामेछाप टाइम्सलाई जानकारी दिए । 

उनका अनुसार आँखाका विशेषज्ञाहरुको सहयोगमा गाउँ–गाउँमा पुगेर आँखाका रोगीहरूको उपचार गर्दा दुई जना बालक सहित अप्रेश गर्नु पर्ने ६७ जनाको गम्भीर प्रकृतिको आँखा रोग लागेको भेटिएको छ । 

 

 

यसरी शिविरमा उपचार गर्दा यहाँ उपचार सम्भव नभएकाहरूको थप उपचारको लागि मन्थली र काठमाडौँ सम्म लगेर पनि उपचार गर्ने पालिकाको तयारी छ । 

 

 

साथै शिविरमा छनोट भएका मोतिया विन्दुका बिरामीहरूको यही मंसिर २९ गते र पौष १ गते तामाकोशी अस्पताल मन्थलीमा शल्यक्रिया गर्ने जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख उमेश तामाङले बताए ।

यसरी उनीहरूको रोगको उपचारसँगै पालिकाले शिविरमै विभिन्न परिचयपत्रहरू लिने लाभग्रीहरुको समेत छनोट गरेको  छ । 

 

पालिका अध्यक्ष केशव महतले भने ‘हामीले आँखाका रोगीहरूको उपचारसँगै शिविरमै सामाजिक सुरक्षा भत्ता, अशक्त, एकल महिला, अपाङ्ग भत्ता जस्ता भत्ता बुझ्नेहरूको खोजी गरेर उनीहरूको छनोट गरेका छौँ ।’

 

 

त्यस्तै यो अभियान आगामी दिनमा थप सक्रिय र टोल टोल सम्म पुर्‍याउने पालिका अध्यक्ष महतले बताए ।