पत्रकार महासंघ रामेछापले आउँदो बिहीबार साधारण सभा गर्दै

| मंसिर २६, २०७९ सोमबार

फाइल फोटो
A A A
A A A

२६ मंसिर, रामेछाप । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापको १९ औँ वार्षिक साधारण सभा आउँदो बिहीबार हुने भएको छ । 

 

 

गत मंसिर १५ गते बिहीबार बसेको महासङ्घको पदाधिकारी बैठकले आउँदो बिहीबार भव्यताका साथ सदरमुकाम मन्थलीमा साधारण सभा गर्ने निर्णय गरेको हो । 

 

 

त्यसको लागि बैठकले विभिन्न उपसमिति गठन गरी काम तीव्र गतिमा अगाडि बढाइएको महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेले रामेछाप टाइम्सलाई बताए । ‘हामीले तयारी तीव्र पारेका छौँ । गठित समितिहरूले तोकिएको जिम्मेवारी गम्भीरताका साथ अगाडि बढाएका छौँ अध्यक्ष नयाँघरेले भने ।’

 

 

नयाँ सदस्यता थप, पुरानाको नवीकरण लगायतका काम यही मंसिर मसान्त सम्म गर्दै गरेको जानकारी दिँदै नीति र विधि भित्र रहेर पत्रकारिता गर्नेलाई महासङ्घले अगाडि बढाउने पदाधिकारी बैठकले सहमति गरेको सचिव तुलसीदेवी श्रेष्ठले बताइन् ।