प्रदेशमा प्रहरीको उल्लेख प्रगति हुँदै गएको छ– नायव महानिरीक्षक बज्राचार्य

| मंसिर २६, २०७९ सोमबार

A A A
A A A

२६ मंसिर, रामेछाप । बागमती प्रदेशका प्रहरी प्रमुख नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेश प्रहरीको उल्लेख प्रगति भएको बताएकी छन् । उच्चतम स्रोत र साधनको प्रयोगबाट गरिने सेवाप्रहाले उच्च प्रतिफल दिने उनको भनाई छ । 

 

 

३ कडोर ७ लाख बढी लागतमा बनेको ‘प्रहरी प्रमुख’ र ‘सिनियर प्रहरी अधिकृत’को आवास भवन उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापमा उनले यस्तो बताएकी हुन् । २०७२ सालको महाभूकम्पले प्रहरीका भवनहरू ध्वस्त भएपछि पुनः निर्माण तीव्र गतिले भइरहेको भन्दै प्रहरीलाई सेवा तथा सुविधाहरूको पर्याप्तता भए उसले प्रदान गर्ने सेवा थप मजबुद् र प्रतिफलयोग्य हुने बताइन् । 

भिडिओ हेर्नुहोस् 

भौतिक स्रोत साधनले प्रहरीलाई उच्च मनोबल हुन्छ । जसको प्रभाव प्रत्यक्ष आम नागरिकमा पर्छ महानिरीक्षक बज्राचार्यले भनिन् । 

 

उनले प्रदेशका १३ वटै जिल्लामा प्रहरीको भवन निर्माण, पुनः निर्माण, अन्य सेवा, सुविधा विस्तार हुँदै गएको जानकारी दिँदै सेवा प्रवाहलाई छिटो-छरितो बनाउन मातहतका निकायलाई उनले निर्देशन दिइन् । 

 

 

उनले लुक्ला जाने पर्यटक मन्थली एर्पोर्टबाट जानु पर्ने नीतिले यहाँको पहिचान फेरिएको उल्लेख गर्दै व्यवस्थित र दीर्घकालीन बाउनू पर्नेमा जोड् दिइन् । 

 

जिल्ला प्रहरी प्रमुख राजकुमार थिङ्ले प्राप्त निर्देशनलाई मार्ग निर्देशन बनाउँदै अक्षरशः पालन गर्ने बचन दिए । उनले जिल्लामा ३२ वटा प्रहरी कार्यालय रहेको जानकारी दिँदै १२ वटाको मात्रै भवन रहेको सुनाए ।

 

यी सबै ठाउँमा आगामी दिनमा भवन, आवश्यक अन्य सेवा सुविधा थप्नु पर्ने भन्दै नागरिकको सेवामा २४ सै घण्टा तयार रहेको प्रतिबद्धता दोहोराए । 

नोटः यसअगाडि हेडलाइनमा अन्यथा भएकोमा सच्याइएको छ ।