अपडेटः बोलेरो दुर्घटनामा परेका दुरागाउँका वडा सदस्य सहित ३ जनाको अवस्था गम्भीर, यी हुन् घाइतेहरु (भिडिओ/फोटो)

| पुस २, २०७९ शनिबार

A A A
A A A

२ पुस, रामेछाप । रामेछापको उमाकुण्ड शनिबार भएको दुर्घटनामा वडा सदस्य सहित ९ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । 

 

पालिकाको वडा नं ७ भूजीको एकराते छाँगामा लिखु तामाकोसी गाउँपालिका वडा नं १ दुरागाउँबाट जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो आफै अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजुप्रसाद ढकालले जानकारी दिए । 

 


हिजो शुक्रवारदेखि भुजीमा सुरु भएको उमाकुण्ड लिग फूटबल खेल हेर्न जाँदै गर्दा बोलेर गाडी दुर्घटनामा परेको ढकालले बताए । 

 


दुर्घटनामा कोटगाउँका वडा सदस्य ३९ वर्षीय विमल सुनुवार, ३४ वर्षीय (राजन) भन्ने राज कुमार थापा, ३०–३० वर्षीकी सिता कार्की र मनिता खड्का घाइते भएका छन् । 

 

त्यस्तै ३२ वर्षीकी बिमला सुनुवार, २३ वर्षीय सृष्टि सुनुवार, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दीपक सुनुवार घाइते भएका हुन् । उनीहरू मध्ये टाउको र आँखामा चोट लागेर गम्भीर घाइते तीन जनालाई अन्नपूर्ण हेलिकप्टर मार्फत काठमाडौँ लागिएको छ । 

 


त्यस्तै सिता कार्की, सृष्टि सुनुवार, मनिता खड्का र दीपक सुनुवारलाई मन्थली गाडीमा ल्याइएको छ । सामान्य घाइते भएका नरेश खड्का सुजन भुजेल भने घर फर्किएका छन् । 

 

तस्बिरहरु हेर्नुुहोस्