जिल्ला आँखा केन्द्रले गरेको २ दिने निःशुल्क मोतिया बिन्दु शिविरमा १६० जनाको सफल अप्रेसन

| पुस ३, २०७९ आइतबार

A A A
A A A

३ पुस, रामेछाप । जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछापले दुई दिन सञ्चालन गरेको मोतिया बिन्दु अप्रेसनमा एक सय ६० जनाले निःशुल्क सेवा लिएका छन् । 

 

 

तामाकोसी अस्पताल मन्थलीमा रहेको जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापको आयोजना र तिलगंगा आँखा अस्पताल काठमाडौँको सहयोगमा २ दिने मोतिया बिन्दुको शल्यक्रिया मा १६० जनाको मोतिया बिन्दु अप्रेसन गरिएको तामाकोसी अस्पतालका डाक्टर सुमन कर्माचार्यले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

 

उनले भने ‘१६० जनाको मोतिया बिन्दु सफल रूपमा सम्पन्न भएको छ । यो एक पटक ४० वर्ष उमेर पुगेपछि सबैलाई हुन्छ । कसैलाई चाँडो, कसैलाई ढिलो । एक पटक अप्रेसन गरेपछि राम्रो हुन्छ । अर्को पटक फेरी हुँदैन । तर, आँखाको ख्याल, हेरचाह राम्रो गर्नु पर्छ ।’ 

विशेष गरी लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकाका स्थानीयहरूको लागि आयोजित शिविरमा मन्थली र रामेछाप नगरपालिका सहित छिमेकी जिल्ला ओखलढुङ्गा, सिन्धुली र दोलखाका मोतिया बिन्दुका बिरामीले सेवा लिएका छन् । 

 

 

गत मंसिर २९ गते बिहीबार र पुस १ गते शुक्रवार चलेको शिविरमा विशेष गरी ५० देखि ६० वर्षमाथिका वृद्धावृद्धाहरुको तिलगंगा आँखा केन्द्र काठमाडौँको टिमले यहाँ आएर उपचार गरेको हो । 

 

 

शिविरको पहिलो दिने ४३ जना छनोटमा परेकाहरूको अप्रेसन भएको थियो । तामाकोसी अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्रले यस्ता शिविर पटक पटक गर्दै आएको छ । साथै पालिका, वडाहरूले आयोजना गर्ने शिविरमा पनि सेवा प्रदान गर्दै आएको छ । 

केही दिन अगाडि लिखु तामाकोसी गाउँपालिकाले ७ वटै वडामा पुगेर गरेको स्वास्थ्य शिविर वाट छनोट भएका मोतिया बिन्दुका बिरामीहरू पनि यहाँ अप्रेसन भएको पालिका अध्यक्ष केशव महतले जानकारी दिए ।

 

साँघुटारमा २२० ले सेवा पाए । 

त्यस्तै शनिवार पनि रामेछाप नगरपालिकाको साँघुटार स्वास्थ्य  चौकीमा नगरको घुम्ती स्वास्थ्य  शिविर मार्फत गरिएको शिविरमा २२० जनाले सेवा लिएका छन् । 

 

 

एक दिने  विशेषज्ञ  स्वास्थ्य  शिविरमा विभिन्न रोग लागेका २२० जना बिरामीहरूले औषधि तथा प्राविधिक सहयोग उपलब्ध  गराइएको रामेछाप नगरपालिकाले जनाएको छ । 

 

 

सो शिविरमा पनि रामेछाप अस्पताल र तामाकोसी अस्पताल   मन्थलीले व्यवस्थापन गरेका थिए ।