रामेछापका प्रहरी प्रमुख डिएसपी थिङको सुरुवा, होमबहादुर पराजुली आउने

| पुस ५, २०७९ मंगलबार

A A A
A A A

५ पुस, रामेछाप । रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्को सरुवा भएको छ । अब यहाँ प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुली आउने भएका छन् । 

 

 

२०७८ सालको फागुनको पहिलो हप्तामा जिल्ला प्रहरी प्रमुखको रूपमा आएका (डिएसपी) थिङको नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग नक्साल,काठमाडौँमा सरुवा भएको छ । करिब १० महिना पछि उनको सरुवा भएको छ । उनी जिल्ला आएपछि पहिलो पत्रकार भेटघाटमा यहाँका नागरिकले आभाष गर्ने गरी काम गर्ने बताएका थिए ।

 

 

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी भएको काज सरुवामा उनी यहाँ आएका थिए । उनले जिल्लामा आएपछि लामो समयदेखि फरार रहेका प्रतिवादी पक्राउ, शान्ति सुरक्षा लगायत जनताको सेवामा प्रशंसनीय काम गरे । स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा छिट्फूट् बाहेक सम्पन्न गर्न उनी सफल भएका छन् । उनले यी समस्या समाधान गर्न तयार रहेको बताएका थिए । 

 

त्यस्तै उनी केही  समयअगाडि बागमती प्रदेश प्रहरी प्रमुखको कार्यालयबाट उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै सम्मानित भएका थिए । 

 

 

(डिएसपी) थिङ्को सरुवा भएसँगै अब यहाँ नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालमा कार्यरत होमबहादुर पराजुली आउने भएका छन् । 

 

 

उनीहरूको मङ्गलवार भएको प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले काज सुरुवा गर्दा सरुवा गरेको हो । 

यी काम गरेर बिदा भए थिङ् । केही चर्चीत र महत्पूर्ण काम र घटनाहरु । 
प्रहरी दिवस : रामेछापमा भव्यताका साथ यसरी मनाइयो (भिडिओसहित)
पृती खुसी नभएको घटना प्रकरण : १२ जना विरुद्ध ज्यान मार्ने मुद्दा दर्ता, ११ जना यसरी छुटे ?
मन्थली नगरको चड्बाढ लक्षित बजार अनुगमन मासु पसलहरूको ठूलो लापरबाही
आफ्नै बुहारीमाथि पटक-पटक जबरजस्ति करणी गरेको आरोपमा कठेत पक्राउ
‘डबल नागरिकता’को सिफारिस गर्ने प्रितीका वडा अध्यक्ष प्रहरीको नियन्त्रणमा
कटहरको बोट्मा प्रहरी बिट् संचालनमा (फोटो फिचर)
नागरिकताको ‘डबल सिफारिस’ गर्ने प्रितीका वडा सचिव प्रहरीको नियन्त्रणमा
बालिकालाई २१ घण्टा बाँधेर कुटपिट् गर्ने श्रेष्ठका तीनै जनालाई एक लाख ३५ हजार धरौटीमा छाड्न अदालतको आदेश
चुनावमा करिब २५ सय सुरक्षाकर्मी परिचालन गरिँदै, ‘म्यादी प्रहरी’लाई भाइ टीकापछि कार्यस्थलमा खटाइने
३ कडोर ७ लाख बढी लागतमा बनेको ‘प्रहरी प्रमुख’ र ‘सिनियर प्रहरी अधिकृत’को आवास भवन उद्घाटन
मन्थली चनखुमा एमालेको कार्यक्रम स्थलमा भेटियो ‘खत्रा’ लेखिएको शंकास्पद् वस्तु : गठबन्धनले यस्तो गरेको एमालेको आरोप