लिखु तामाकोशी गाउँपालिकाले तोक्यो एम्बुलेन्सको भाडादर, गर्भवती, अशक्त र ज्येष्ठ नागरिकलाई निःशुल्क (भाडादरसहित)

| पुस ७, २०७९ बिहिबार

A A A
A A A

७ पुस, रामेछाप । सामान्य प्रकृतिको बिरामी हुँदा पनि एम्बुलेन्स मागेर स्थानीयले हैरान पारेपछि जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले एम्बुलेन्सको भाडा तोकेको छ ।  

 

बुधवार पालिका अध्यक्ष केशव महतको अध्यक्षतामा रहेको एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले न्यूनतम भाडा लाग्ने गरी सेवालाई व्यवस्थित गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार अधिकारीले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

 

‘सामान्य बिरामी हुँदा पनि माग धेरै भयो । त्यसैले न्यूनतम शुल्क लिएर व्यवस्थापन गर्ने गरी निर्धारण गरिएको हो, रामेछाप टाइम्ससंग प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।’

 

 

पालिकाले, पालिकाको केन्द्र धोबीदेखि दुरागाउँ, सैपु, बिजुलीकोट, काड्बा, नागदह, खिम्ती, तिल्पुङ्, मन्थली, रामेछाप, खुर्कोट, काठमाडौँलाई आधार मानेर ओहोर दोहोरो भाडा तोकेको हो । 

 

प्रमुख प्रशासकीय श्रेष्ठका अनुसार गर्भवती, सुत्केरी, ‘क’ वर्गका शारीरिक अपाङ्गता भएकाहरू र ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई भने एम्बुलेन्स निःशुल्क उपलब्ध गराइनेछ । 

 

 

पालिकावासीको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको यो गाउँपालिकाले केही दिन अगाडि विभिन्न वडा–वडामै स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

 

कहाँ पुग्न कति भाडा हेर्नुहोस् सूची ।