रामेछापबाट बिदा भए डिएसपी थिङ, पराजुली सोमबार आउने

| पुस ८, २०७९ शुक्रबार

A A A
A A A

८ पुस, रामेछाप । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार थिङ् यहाँबाट बिदाइ भएका छन् । 

 

 

गत मङ्गलवार प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले काज सुरुवा गरेका डिएसपी थिङ् करिब  १० महिना रामेछाप प्रमुखको रूपमा काम गरेपछि यहाँबाट शुक्रवार बिदा भएका हुन् । 

 

बिदाइ भएर जाँदा जाँदै (डिएसपी) थिङले आफूले पनि यहाँ बस्दा सकेको र नीति, विधिभित्र गर्न मिल्ने कर्तव्य पूरा गरेको रामेछाप टाइम्ससंग बताए । ‘सरुवाको लागि पत्र लेखेको थिए । लामो करिब एक वर्षको बसाइँमा सकेको र पीडितलाई न्याय हुने गरी काम गरे डिएसपी थिङ्ले भने।’ 

 

उनी अब नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग नक्सालमा जाने भएका छन् । 

उनी गएसँगै अब जिल्ला प्रहरी प्रमुखमा नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालमा कार्यरत होमबहादुर पराजुली आउने भएका छन् ।

 

 

उच्च स्रोतका अनुसार आउँदो आइतबार÷सोमबार पराजुली यहाँ आइपुग्ने छन् ।