जिल्लामा उत्पादित किवी,आलु, सुन्तला जस्ता कृषि उपजलाई निर्यात गर्न चाहन्छु, स्थानीय तहले सहजीकरण गरोस्–सांसद ‘कान्छाराम’

| पुस ८, २०७९ शुक्रबार

A A A
A A A

८ पुस, रामेछाप । प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लामा उत्पादित कृषि उपजलाई निर्यात गर्ने बताएका छन् । जिल्लाको आठ वटै स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर यहाँको विकास गर्ने उनको भनाई छ । 

 

शुक्रवार उमाकुण्ड गाउँपालिकाको वडा नं ७ भूजीमा आयोजित उमाकुण्ड फुटबल लिग समापन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले यस्तो बताएका हुन् । 

 

उनले भने ‘स्थानीय तहको उत्पादनलाई ध्यानमा राखेर कृषि गाडीलाई भन्सार छुट् गरेर भित्र्याउँछु । र, सस्तोमा गाडी ल्याउन सरकारसँग माग गर्छु । १० टन बोक्ने गाडी ल्याएर आलु, फूल, सुन्तला, किवी, सिस्नु हामी काठमाडौँ लान्छौँ । काठमाडौँमा स्टल खडा बिक्री गर्छौँ ।’

भिडिओमा हेर्नुहोस् । 

आफ्नो कार्यकालमा ५ वटा कामलाई प्राथमिकता दिएर काम गर्ने उद्घोष गरे । उने बने म, मेरो कार्यकालमा शिक्षा, स्वास्थ्य, बाटो, खानेपानी र कृषिलाई आषाधै ध्यान दिएर काम गर्छु। यी विषयमा मैले केही कुरामाथि गरिसहेको पनि छु । 

 

कृषि, पर्यटन, सडक पूर्वाधार विकासमा पछि परेको जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता जनाउँदै नेपाली काँग्रेस रामेछापका सभापति समेत रहेका सांसद तामाङले उत्पादनमा जोड् दिन र काम गर्न नलजाउन आग्रह गरे । 'उनले काम गर्न लजाउनु हुँदैन । आर्थिक आर्जन हुने काम गर्दा सानो भैदैन ।'

सांसद कान्छाराम चडेर पुगेको हेलिकप्टर । तस्बिर मनिराज सुनुवार । 

 

६४ वटै वडाको कुना कुनाको सडक कालोपत्रे, स्तर उन्नति, ग्राभेल गरेर १२ महिना सञ्चालनको निम्ति पहल गर्ने उनले दोहोर्‍याए । यसमा यहाँका स्थानीय तहका जनप्रतिनिधिले सहयोग र सहकार्य गर्नु पर्छ हामी त्यो गर्छौँ उनले भने। 

 

साथै उनले केही दिन अगाडि सोही वडामा आगोलागीमा परेका जीवन बसेलको परिवारलाई नगद ५ हजार आर्थिक सहयोग प्रदान गरे । त्यस्तै खेल आयोजकलाई नगद २० हजार प्रदान गरे । 

 

के-के भने सांसद कान्छारामले भिडिओ हेर्नुहोस् ।