‘उमाकुण्ड लिग’ आयोजक लिखु भुजी रामेछाप युवा क्लबले नै जित्यो, यी खेलाडीले जिते उत्कृष्ठ पुरस्कार

| पुस ८, २०७९ शुक्रबार

A A A
A A A

८ पुस, रामेछाप । ‘उमाकुण्ड लिग’ २०७९ आयोजक लिखु भुजी रामेछाप युवा क्लबले ट्राई बेकरमा प्रतिस्पर्धीलाई हराउँदै आफैले राख्न सफल भएको छ । १६ टिमलाई पछि पार्दै नतिजा आयोजक आफैले जित्न सफल भएको हो । 

 

गत पुस १ गते आइतबार देखि शनिवार सम्म उमाकुण्ड गाउँपालिकाको वडा नं ७ भूजीमा गाउँपालिकाको प्रायोजन र लिखु भुजी रामेछाप युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा फाइनलमा निर्धारित ९० औँ मिनेट सम्म पनि गोल हुन नसकेपछि खेल ट्राई बेकरमा गएको थियो । 

जसअनुसार निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मिलन चोक युवा क्लब प्रीतिलाई १ गोलले पछि पार्दै आयोजक टिमले जित हासिल गरेको आयोजकका सचिव सुदीप सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार पेनाल्टीमा दुई टिमका खेलाडीले गोल हान्दा मिलन चोक युवा क्लबले ७ गोल गर्‍यो भने आयोजकले ८ गोल गरेको थियो । 

 

१ गोलले जीतसँगै आयोजकले प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफि, गोल मेडल र प्रमाणपत्र पाएको छ । पुरस्कार गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले प्रदान गरेका हुन् । 

 

दोस्रो भएको टिमले नगद एक लाख ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 

 

गाउँपालिकाले १० लाख बजेट प्रदान गरेको सो खेलमा दुई टिम सेमिफाइनल पुग्न सके। जिरी नगरपालिका दोलखाको टिम र उमाकुण्डकै वडा नं २ बाम्ती भण्डार पुगेका हुन् । उनीहरूले नगद ४०–४० हजार पाए । 

क्वाटर फाइनलमा प्रवेश गर्न सफल ४ टिमले नगद २०-२० हजार पाए । जसमा लिखु तामाकोसी १ दुरगाउँ, रस्नालु युनाइटेड युवा क्लब गोकुलगंगा, गुप्तेश्वर युथ्य क्लब, गुप्तेश्वर, उमाकुण्ड र आकाशे ब्यवाइज युवा क्लब मन्थली रहेका छन् । 

 

८ दिन सम्म चलेको प्रतियोगितामा सबै भन्दा धेरै गोल पनि आयोजकले गरेको छ । आयोजकका प्रकाश बस्नेतले ११ गोल टप स्कोर गर्दै गोल्डेन बुट जितेका छन् । 

 

त्यस्तै बेस्ट् गोल किपर आयोजककै प्रभात नेमहाङ राई बनेका छन् । उनले ट्रफि जितेका छन् । 

 

विभिन्न विधामा समेत पुरस्कृत गरेको सो प्रतियोगितामा वेस्ट प्यर आयोजकै निङ्मर तामाङ भए । भने, लोकल राइजिङ स्टार २०२२ जितै ट्रफि र नगद ५ हजार आयोजकै सुजन श्रेष्ठले जिते ।   

 

करिब एक हजार जनाले अवलोकन गरेको सो खेलमा ६ लाख २५ हजार रुपैयाँको ४ केजी चाँदीबाट बनेको ट्रफि प्रथम पुरस्कार रहेको थियो । जुन ट्रफि निरन्तर ३ वर्ष एकै टिमले खेल जितेमा सो ट्रफिको मूल्य बराबरको नगद प्राप्त गर्ने सुनुवारले रामेछाप टाइम्सलाई बताए । 

 

तस्बिरमा हेर्नुहोस्