नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रामेछापका जीवन कार्की निर्वाचित

| पुस १०, २०७९ आइतबार

A A A
A A A

१० पुस, रामेछाप । नेपाल जेसीज वर्ष २०२३ का लागि समिति निर्वाचित भएका छन् । जसमा रामेछापका जीवन कार्की राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

 

नेपाल जेसीजको ४९ औँ राष्ट्रिय महाधिवेशन बिरगंजमा गत ७ गतेबाट सुरु भएको थियो । ९ जना प्रतिस्पर्धी रहेको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा ४ जना निर्वाचितमा रामेछाप लिखु तामाकोशीका जीवन पनि निर्वाचित भएको रामेछाप जेसिजका महासचिव विमल पौडेलले रामेछाप टइम्सलाई जानकारी दिए । उनी ४ जनामा सबै भन्दा दोस्रो मत ल्याएर विजयी भएको पौडेलले बताए । 

 

कार्की यस अगाडि २०२१ मा जेसिज रामेछापको अध्यक्ष बनेका थिए । भने, २०२२ मा राष्ट्रिय उपाध्यक्ष रहेका थिए । राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा रजनी थापा, जीवन बहादुर कार्की, कुमारसिंह सावा र रश्मि बस्नेत निर्वाचित भएका हुन् । 

 

जेसिज वर्ष २०२३ को लागि राष्ट्रिय अध्यक्षमा विकास मानन्धर निर्वाचित भएका छन् । 

 

त्यस्तै राष्ट्रिय उपाध्यक्षमा राधिका भुसाल, राजाराम गौतम, अनुप सुनुवार, भीम कुनुवार, स्वस्तिका आचार्य (सिटौला), तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, सोनी श्रेष्ठ, सरोज अधिकारी, गौरव पौडेल, चन्द्र मुनी भुसाल र वीर बहादुर मेगा निर्वाचित भएको पौडेलले बताए । 

 

 

युवाहरूको क्षमता विकास, सामाजिक सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू गर्ने जेसिज पछिल्लो समय युवाहरू रोजाइमा पर्दै आएको छ । 

 

भिडिओ हेर्नुहोस् ।