मन्थलीको सुनारपानीमा गुणस्तरीय शिक्षाको लागि सरोकारवाला र शिक्षाविदहरुसंग अन्तरक्रिया

| पुस ११, २०७९ सोमबार

A A A
A A A

११ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा एक दिने गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

 

सोही वडाका अध्यक्ष एवं वडा शिक्षा समितिको संयोजक रविन कार्की (नवीन) को अध्यक्षतामा मन्थली नगरपालिका नगरप्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडा नं १ का अध्यक्ष होमप्रसाद पौडेल (रामहरि) र प्रमुख प्रशासकीय अधिकृत  हरिप्रसाद चापागाईँसहितको उपस्थितिमा वडा भित्र रहेका विद्यालयमा कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्नेबारे सहित छलफल भएको वडा अध्यक्ष कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘विद्यालय भवनहरू राम्रा बनेका छन् । तर, गुणस्तरीय शिक्षा अब कसरी प्रदान गर्न सकिन्छ, भनेर हामी केन्द्रित भएका छौँ । सबै सरोकारवालहरुसंग छलफल गर्‍यौँ कार्कीले भने ।’

महाशाखा प्रमुख एवं सूचना अधिकारी समेत रहेका हेमन्तकुमार बुढाथोकी, शिक्षण सिकाइका विज्ञहरू गोपालध्वज प्रधान, गुञ्ज बहादुर श्रेष्ठ, हिरालाल मोक्तानले शिक्षण सिकाइ बारेमा प्रशिक्षण गराएका थिए । 

 

प्लास्टिक मुक्त विद्यालय बनाउने अभियानमा समेत अग्रसर यो वडाले शिक्षा, स्वास्थ्य, खानेपानीलाई प्राथमिकता दिएको वडा अध्यक्ष कार्कीले जोड् दिए । ‘यस कार्यक्रमले वडा भित्रका  शिक्षण सिकाइमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विश्वास  लिएको छु । हामीले प्रभावकारी शिक्षाको अनुभूति गरेका छौँ ।