सुनारपानीका ७० जना ज्येष्ठ नागरिकलाई वडाले पानी तताउने जग र गिलास दिएर सम्मान गर्याे

| पुस १४, २०७९ बिहिबार

A A A
A A A

१४ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा ७० जना ज्येष्ठ नागरिकले जाडोमा पानी तताउने इलेक्ट्रोनिक जग र गिलास पाएका छन् । 

 

वडा कार्यालय सुनारपानीले वार्षिक कार्यक्रम मार्फत बुधबार वडाभित्रका ८० वर्ष माथिका ७० जनै ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप उक्त जग र पानी पिउने गिलास प्रदान गरेकाे वडा अध्यक्ष रवीन कार्की (नवीन) ले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने `जेष्ठनागरिकको सम्मानका लागि जाडोमा पानी तताउने जग र कप वितरण गरेका हाैं । ठूलाठूला सपना बाँड्ने भन्दा आम वडाबासीकाे दैनिकी जाेडिएका सबालमा काम गर्ने प्रयत्न छ ।´

 


वडा कार्यालयमा आयाेजित एक कार्यक्रममा अध्यक्ष कार्कीले जाडो महिनामा चिसाेपानी उमालेर पिउन सकुन र पानीबाट लाग्ने विभिन्न राेगबाट बच्न सकुन् भन्ने उद्देश्यले वृद्धवृद्धालाई उक्त सामाग्री प्रदान गरिएकाे कार्कीले जानकारी दिए ।


शैक्षिक सुधार, स्वास्थ्य शिविर र वृद्धवृद्धा सम्मान जस्ता कार्यक्रमलाई जाेड् दिदै आएका अध्यक्ष कार्कीले विकास निर्माणका कामले पनि वडामा गुणस्तरीयता र गतिलीन थालेको दाबी गरे ।