रामेछापमा सिटामोल चरम अभाव,

| जेठ ४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०४, जेठ, रामेछाप । कोरोनाले आक्रन्त पारिरहेको बेला रामेछापमा सिटामोल्को अभाव भएको छ । 

 


ज्वरो, टाउको दुखाईको लागि अति आवश्यक सिटामोल जिल्लाका अस्पतामा अभाव हुन थालेको हो । १०२ डिग्री भन्दा बढी ज्वरो आएमा कोरोनाको लक्ष्ण मानिन्छ । ज्वरो आएमा सिटामोल प्रयोग हुदै आएको छ । तर, जिल्लामा सिटामोल् नै आभव हुन थालेको छ । 

 


राजधानी काठमाडौंमै पनि सिटामोलको अभान हुन थालेको औषधि व्यबसायीहरुले बताउन थालेका छन् । 


जिल्लाभित्र भएका औषधी पसलमा रहेको सिटामोल सकिन लागेको र बाहिरबाट ल्याउन नसकिएकाले अभाव हुन लागेको सदरमुकाम मन्थलीस्थित दिल श्री मेडिकल हल मन्थलीका संचालक मोहोन श्रेष्ठले बताए । उनले भने हामीसंग सिटामोल किन्न आउनेहरुलाई हामीले सिटामोल दिना सकिरहेका छैनौं । 

 


त्यस्तै अर्का औषधी पसल संचालन गर्दै आएका ब्यपारी बसन्त सापकोटाले पनि पसलमा सिटामोल सकिएको सुनाए । उनले मन्थलीका अधिकांश पसलमा अहिले सिटामोल सकिएको सुनाए । 

 

 

रामेछापका गाउँ गाउँमा पनि अहिले सिटामोल अभाव भएको छ । जिल्लाका ग्रामिण क्षेत्रमा ज्वरोका विरामी बढेसंगै सिटामोल पाउन छाडेपछि सर्वसाधारणमा त्रास बढेको छ ।
रामेछाप जिल्लामा अधिकांश औषधिहरु काठमाण्डौंबाट ल्याइने गरिएको छ ।

 

जिल्लाको थोक औषधि विक्रेता मोहोन श्रेष्ठ आफुहरुले औषधि ल्याउने ठाउँमा नै सिटामोल सकिन लागेको भन्दै औषधि पठाउन छाडेपछि जिल्लामा सिटामोलको अभाव हुन थालेको बताउछन् । 


तामाकोसी अस्पतालले भने आफ्नो अस्पतालमा आएका विरामीहरुलाई अहिले सम्म सिटामोल दिन सकिएको भएपनि बजारमा भने अभाव भएकोले अब भने अस्पताललाई पनि समस्या पर्ने अस्पतालको फार्मेशिमा कार्यरत मिना थापाले बताइन् । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार