आमजनताले गरेको बर्दिको विश्वासलाई टुट्न नदिइने गरी काम गर्छु, क्रसर उद्योगबारे छलफलमा छु–डिएसपी पराजुली

| पुस १७, २०७९ आइतबार

A A A
A A A

१७ पुस, रामेछाप । रामेछापका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जनताले गरेको बर्दिक विश्वास बचाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘यो बर्दिप्रतिको आम मानिसको जुन विश्वास छ, त्यसलाई बचाएर हामीले गर्नु पर्ने कर्तव्य पूरा गर्ने छु ।’

 

जिल्लामा प्रहरी प्रमुख (डिएसपी) भएर आएपछि पहिलो पटक यहाँका क्रियाशील सञ्चारकर्मी, पत्रकारसँग परिचयात्मक भेटघाट गर्दै डिएसपी पराजुलीले विभागले दिएको, नीति र विधिभित्र गर्न मिल्ने सबै खाले जिम्मेवारी पूरा गर्ने दोहोराएका हुन् । 

 

उनले उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी शान्ति,सुरक्षा, यहाँको विकास निर्माणमा हुने बेथिति, आपराधिक क्रियाकलापलाई रोक्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् । 

 

भिडिओमा हेर्नुहोस् । 

 

साथै उनले जिल्ला भित्र सञ्चालनमा रहेका क्रसर उद्योगहरूको केही गुनासा नागरिक स्तरबाट आएकाले त्यसमाथि छलफल गरेर आवश्यक कदम चाल्ने बताए । ‘यसबारेमा हामी सरोकारवालासँग पनि छलफलमा छौँ । बुझेर के गर्न सकिने रहेछ । त्यसमा पूरा प्रतिबद्ध भएर लाग्ने छौँ ।’

 

 

भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरूले यहाँको वस्तुस्थिति बारेमा जानकारी गराउँदै प्रहरी प्रशासनले खेल्नु पर्ने भूमिका बारेमा जानकारी गराएका थिए ।