खाँडादेवीको माकादुममा एकै घरका २ वटा भैँसी र ३ वाट बाख्रा एक्कासि मरे

| पुस १७, २०७९ आइतबार

A A A
A A A

१७ पुस, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ६ माकदुममा एकै घरका २ वटा भैँसी र ३ वटा बाख्रा मरेका छन् ।

 

 

आइतबार (आज) बिहान कुँडो पकाएर दिएको र खाएपछि भट्टा भट वस्तु मर्न थालेको पशु धनी शेरबहादुर खत्रीले बताएको उनको भनाई उदृत गर्दै पालिकाकी उपाध्यक्ष रमा घिसिङले रामेछाप टाइम्सलाई जानकारी दिइन् । उनका अनुसार कुँडो खाएपछि भैँसी र बाख्रा परेका हुन् । 

 

भैँसी र बाख्रा एक्कासि मरेपछि शेरबहादुरले गाउँपालिकालाई खबर गरेका थिए । 

 

पालिका उपाध्यक्ष घिसिङ सहित पुगेको टोलीले मरेका पशुचौपाएको स्थलगत निरीक्षणपछि पोस्ट माट्म गरेर पालिकाको जेसिबीले खाल्डो खनेर गाडेको उपाध्यक्ष घिसिङले बताइन् । तर, पोस्ट मार्टम रिपोर्ट भने आई नसकेको उनको भनाई छ । 

 

 

प्रहरी र पालिकाले गरेको अवलोकनबाट वस्तु कुँडोमा कुनै पोइजन परेर मरेको हुन सक्ने दाबी गरिएको छ ।