मन्थली नगरपालिकाले भटौली र चिसापानीको सिमानामा ल्याण्डफिल्ड साइड निर्माण काम अगाडि बढाउने, यस्ता छन् निर्णयहरू ?

| पुस १९, २०७९ मंगलबार

फोहोर, फाइल फोटो ।
A A A
A A A

१९ पुस, रामेछाप । मन्थली नगरपालिकाले नगरभित्रको फोहोरलाई सुरक्षित तरिकाले विसर्जन गर्ने वातावरण मिलाउने कामलाई अगाडि बढाउने भएको छ । नगरले यो कामलाई वार्षिक कार्यक्रममै समेटेको छ । 

 

यही १४ गते बसेको नगर कार्यपालिकाको बैठकको निर्णयले नगरभित्रको वडा नं ७ भटौली र ८ चिसापानीको सिमानामा निर्माण गर्ने गरी फोहोर मैला प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन कार्य अगाडि बढाउन निर्णय गरेको नगरको बैठकपछि जारी निर्णयमा उल्लेख छ । ‘ल्याण्डफिल्ड साइड निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिने निर्णय भएको छ जारी निर्णयमा उल्लेख छ ।’

 

त्यस्तै नगरले विभिन्न १० वटा महत्पूर्ण निर्णय गर्दै पछिल्लो कार्यपालिकाको बैठक वडागत रूपमा गर्ने थलानि समेत गरेको छ । 

 

बैठकले वडागत उत्पादन पकेट विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९, करारमा सहायक कम्प्युटर अपरेटर व्यवस्थापन कार्यविधि २०७९, नगरपालिकाका विभिन्न विद्यालयहरूमा सञ्चालित विद्यालयहरूमा बालबालिकाहरूको सिकाई उपलब्धि मूल्याङ्कन र शिक्षकहरूलाई पृष्ठपोषण कार्यक्रमलाई सबै विद्यालयमा पुर्‍याउने, भू–वर्गीकरणको कार्यलाई तीव्रता दिन वडा स्तरीय भू–उपयोग समिति गठनलाई तीव्रता दिने र सबै वडामा रहेका मेलमिलाप केन्द्रलाई सक्रियताका साथ सञ्चालन गर्न आवश्यक कार्यक्रम र बजेटका लागि नगर सभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको हो । 

 

निर्णयहरु यस्ता छन्, हेर्नुहोस् ।