अख्तियार दुरुपयोग अनुसन्धान आयोगले “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” शीर्षकमा निबन्ध लेखन प्रतियोगिता गर्दै, रामेछाप सहित देशभरिका माध्यमिक तहका विद्यार्थीले लेख्न सक्ने (सूचनासहित)

| पुस २०, २०७९ बुधबार

फाइल फोटो
A A A
A A A

२० पुस, रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । लिखित निबन्ध मध्ये सात वटै कार्यालयबाट उत्कृष्ट बने उसलाई आयोगको दिवसको अवसरमा सम्मान गरिने आयोगले भनेको छ । 

 

 

गत सोमबार एक सूचना जारी गर्दै आयोगको कार्यालयले आयोगको बत्तिसौं स्थापना दिवस आउँदो माघ २८ परेको अवसरमा माध्यमिक तह स्तरीय निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जनाएको हो । 

 

आयोगको केन्द्रले मातहतका कार्यालयहरूबाट आयोजना हुने प्रतियोगिताका लागि “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” शीर्षकमा निबन्ध लेखन कार्यक्रम गर्न लागेको जनाएको हो । 

 

 

निबन्ध मौलिक र अप्रकाशित हुनुपर्ने छ, भने देशभरका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले सहभागिता जनाउन सक्ने छन् । लेखिने निबन्ध २५०० देखि ३००० शब्दको हुनु पर्नेछ । 

 

निबन्ध नेपाली वा अङ्ग्रेजीमा लेख्न पर्ने छ । र, आउँदो माघको ६ गते सम्म आयोगले पाउने गरी पठाउनु पर्नेछ । 

 

 

रामेछाप सहित खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, सिन्धुली, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका विद्यार्थीले निबन्ध लेखेपछि आयोगको बर्दिबासको मेलमा पठाउनु पर्नेछ । 

 

 

सहभागीहरूलाई निबन्धको आधारमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गरिने जनाइएको छ।

 

जसमा प्रथम हुनेले १२ हजार, द्वितीय हुनेले ९ हजार र तृतीय ले ७,५०० सय पाउने छन् । 

 

साथै आयोगका सातै वटा वटा कार्यालयहरूमा प्रथम हुने निबन्ध मध्ये अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मूल्याङ्कन समितिमार्फत एउटा सर्वोत्कृष्ट निबन्ध छनौट गरिने छ । 

 

 

सर्वोत्कृष्ट स्थान हासिल गर्ने एक जना विद्यार्थीलाई नगद रु २५ हजार र प्रमाणपत्रसहित सहित आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिने आयोगले जनाएको छ ।

 

सूचना हेर्नुहोस् ।