भोलीदेखि रामेछाप उधोग वाणिज्य संघमा ६ बेड्को अक्सिजनसहितको आइसोलेसन संचालनामा आउदै

| जेठ ४, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०४ जेठ, मन्थली । रामेछाप उधोग वाणिज्य संघले अक्सिजन सहितको आइसोलेसन तयार पार्ने भएको छ । 

 


मंगलबार रामेछाप टाइम्ससंग कुरा गर्दै संघका कार्यकारी अधिकृत नविन केसीले बुधबार साँझ सम्ममा ६ बेड्को अक्सिजनसहितको आइसोलेसन तयार हुने बताए । उनले भने हामी आइसोलेसन निर्माणको क्रममा छौं । भोली साँझसम्मा संघको आफ्नै भवनको पहिलो तल्लामा ६ बेड्को अक्सिजनसहितको आइसोलेसन तयार हुन्छ ।  

 

 

त्यस्तै संघका अध्यक्ष केशव घिमिरेले पनि द्रुत गतिमा आइसोलेसन निर्माणको काम भैरहेको जानकारी दिए । उनका अनुसार संघमा आबद्ध १ हजार ४ सय उधोगी ब्यवसायीहरुलाई लक्षित् गरि आइसोलेसन तयार पारिएको हो । 

 


विश्वमा आतङ्कको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट उद्योगी, व्यवसायीहरू संक्रमित भएमा संघले तयार पारेको आइसोलेसनमा राखेर उपचार गर्ने वातावरण तयार पार्न संघ लागेको हो । 

 

रामेछाप उद्योग वाणिज्य संघको मंगलबार बसेको पदाधिकारी तथा कार्य समिति सदस्यको बैकले आइसोलेसन तयार पार्ने निर्णय गरेको संघका महासचिव नवराज ढुङ्गेल रामेछाप टाइम्सलाई बताए । 


जिल्लामा सिटामोल समेत अभाव भएको बेला व्यवसायीहरूको छाता संस्थाले यो विपत तथा महामारीलाई ध्यानमा राख्दै सरकारलाई समेत सहयोग गर्ने हेतुले आफूहरु लागि परेको संघका कार्यकारी अधिकृत नवीन के सी वताउछन । उनका अनुसार संघको सचिवालय स्वास्थ्यको मापदण्ड अपनाएर  दैनिक रूपमा सञ्चालनमा आईरहेको छ ।

 


केसीका अनुसार जिल्लामा उधोगी ब्यापरीहरु कोरोनाबाट संक्रमित भए नेपाल उधोग वाणिज्य महासंघले संचालनमा ल्याएको राजधानीस्थित् आइसोलेसनमा रेफर गर्ने तयारी पनि संघले गरेको छ ।

 

त्यस्तै जिल्लाका कुनै पनि सरकारी तथा गैरसरकारी अस्पतालहरुमा संघले संक्रमित भएकाहरुको उपचारमा समन्वय गर्ने तयारी गरेको केसीले बताए । त्यस्तै संघले सबैलाई सचेत र सतर्क भएर कोरोनाबाट बच्न पनि अपिल गरेको छ ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार