‘३ दिन भित्र सार्वजनिक स्थलमा राखिएका सामाग्री हटाउन उमाकुण्ड गाउँपालिकाको निर्देशन, भन्यो ‘रोड छेउमा घर बनाउँदा अनिवार्य नक्सा पास गर्नू’

| पुस २१, २०७९ बिहिबार

A A A
A A A

२१ पुस, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले सार्वजनिक स्थलमा राखिएका सामाग्रीहरू हटाउने भएको छ । साथै सडक छेउमा घर बनाउँदा अनिवार्य रूपमा नक्सा पास गरेर मात्रै बनाउन पनि पालिकाले भनेको छ । 

 

बुधवार एक सूचना जारी गर्दै गाउँपालिकाले सडकमा सामाग्री राखेर सडक अबरोद्ध गर्ने, सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने काम भएको भन्दै त्यो काम तत्काल बन्द गर्न ३ दिनको अल्टिमेटम दिएको हो । 

 

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठले जारी गरेको पत्रमा ‘१ गुम्देल देखि वडा नं ७ भूजीसम्म रहेका सडक लगायत सार्वजनिक स्थलमा निजी प्रयोजनका लागि विभिन्न सामाग्रीहरू राखी सडक बिगार्ने र सार्वजनिक सम्पत्तिको नोक्सानी गर्ने कार्य भएको हुँदा यस सूचनाको मितिले ३ दिन भित्र सम्पूर्ण सामाग्रीहरू हटाई सहयोग गर्नु हुन सम्बन्धित सरोकारवालाहरूमा सूचित गरिन्छ,’ भनिएको छ । 

गाउँपालिकाको वडा नं १ गुम्देल । तस्बिर फाइल ।
 

साथै तोकिएको समयमा नहटाएमा गाउँपालिकाको नियम बमोजिम अनुसार काम गर्ने समेत पत्रमा उल्लेख गरिएको छ । त्यस्तै पालिकाले सडक नजिक घर टहरो बनाउँदा अनिवार्य नक्सा पास गर्नुपर्ने व्यवस्था समेत लागू भएको भन्दै कार्यान्वयन गर्न पनि आग्रह गरेको छ । 

 

सूचना हेर्नुहोस् ।