समयै खबर नगरेको भन्दै चुचुरेमा हाइड्रोपावरको सार्वजनिक सुनवाइ स्थानीयले गरे बहिस्कार

| पुस २१, २०७९ बिहिबार

A A A
A A A

२१ पुस, रामेछाप । रामेछापको खिम्ती खोलामा निर्माणाधीन खिम्ती–घ्वाङखोला साना जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइ स्थानीयले बहिस्कार गरेका छन् । 

 

बुधवार जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ चुचुरे र दोलखा जिल्लाको जिरी नगरपालिका १, २ का वडा अध्यक्ष द्वय सहितको सार्वजनिक कार्यक्रम स्थानीयहरूले बहिस्कार गरेको जिरी नगरपालिका वडा नं १ का अध्यक्ष आङ पासाङ शेर्पाले रामेछाप टाइम्सलाई जानकारी दिए । ‘कार्यक्रम स्थानीयले समयमै खबर नगरेको आक्रोशमा बहिस्कार गरेका हुन् । उनीहरूको आक्रोश जायज छ । आयोजनाले सार्वजनिक सूचना ७ दिन अगाडि गरेर मात्रै सुनुवाइ गर्नु पर्नेमा त्यो गरेन वडा अध्यक्ष शेर्पाले रामेछाप टाइम्ससंग भने ।’

 

यस अगाडि पनि हिमालय ऊर्जा विकास कम्पनीले १२ र ७ मेगावाटको दुई वटा जलविद्युत आयोजना निर्माण गर्दा जनता सामु गरेको आश्वासन पूरा नगरेको पनि स्थानीयको आक्रोश छ । हाल निर्माणाधीन ३३ केभी विद्युत् प्रसारण लाइनको वातावरणीय अध्ययन प्रतिवेदनको सार्वजनिक सुनुवाइ ३ दिन अगाडि मात्रै सूचना टाँसेर कार्यक्रम गरेपछि स्थानीय आक्रोशित भएको थिए । ‘नियमानुसार सार्वजनिक सुनुवाइको लागि कम्तीमा पनि हप्ता अगाडि जानकारी गराउनु पर्ने हो । तर, आयोजनाले वडामा ३ दिन अगाडि मात्रै टाँस्यो । ’

 

आयोजनाले स्थानीयहरूको आँखामा छारो हाल्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेपछि कार्यक्रम नै बहिस्कार गरेको चुचुरेका स्थानीय टीका कार्कीले बताए । 

‘कम्पनीको जिम्मेवार व्यक्तिको अध्यक्षमा कार्यक्रम हुनु पर्ने भए पनि नियम विपरीत गोकुलगंगा–१ का वडाध्यक्ष छत्रबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम गरेर सबै स्थानीयलाई झुक्याउन खोज्यो । अज सूचना पनि एक दिन मात्रै अगाडि । जनलाई हेप्ने काम मात्रै भयो अनि कार्यक्रम बहिस्कार गर्‍यौ ।’

 

 

स्थानीयहरूको माग स्वाभाविक र जायज हो जनतालाई आयोजना पक्षले गर्नु पर्ने काम नभएपछि स्थानीयले कार्यक्रम बहिस्कार गरेका थिए जिरी नगरपालिका वडा नं १ का अध्यक्ष शेर्पाले भने । 

 

त्यस्तै जिरी नगरपालिका वडा नं २ का वडाध्यक्ष निमपल्दे शेर्पा समेत पनि आफूहरू समेतको सहमतिमा कार्यक्रम बहिस्कार गरिएको बताए । 

 

स्रोतका अनुसार सो क्षेत्रमा यसअगाडि सम्पन्न दुई वटा जलविद्युत आयोजनाको काम हिमालय ऊर्जा विकास कम्पनी लिमेटेडलेनै गरेको तर, स्थानीयसँग त्यति बेला गरेका सम्झौतालाई हाल सम्म कार्यान्वयन गरेको छैन ।