सानिमदौको सामुदायिक वनमा आगोलागि, प्रहरी र स्थानीयले निभाए

| पुस २१, २०७९ बिहिबार

A A A
A A A

२१़ पुस, रामेछाप । रामेछापको मन्थली स्थित सानीमदौ सामुदायिक वनमा आगोलागि भएको छ । आगो लाग्नुको कारण खुलेको छैन । 

 

 

आज बिहीबार दिउँसो १२ बजेको समयमा मन्थली नगरपालिका वडा नं १ स्थित वनमा आगोलागि भएको भएको जिल्ला प्रहरी कार्यालय रामेछापले रामेछाप टाइम्सलाई जानकारी दिएको छ । 

 

 

आगो लागिको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी र सशस्त्र प्रहरी, स्थानीयहरू सहितको टोलीले आगो नियन्त्रणमा लिएका छन् । प्रहरी नायव निरीक्षक बुद्धि बहादुर खड्काको कमान्डमा १३ जनाको प्रहरी टोली, सशस्त्र प्रहरी र स्थानीय युवाहरूले आगो निभाएका हुन् । 

 

आगो के कारणले लागेको भन्ने खुलेको छैन । आगोले जङ्गलको केही भाग जलेको छ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी दिलीप कुमार थापाले बताए । 

 

भिडिओ हेर्नुहोस् । 

सानिमदौको सामुदायिक वनमा आगोलागि, प्रहरी र स्थानीयले निभाए https://t.co/7MQmN1Z7Ac pic.twitter.com/qjH6n7x8Jg

— Milan Ghimire (@MilanBk) January 5, 2023