रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा दाहाल दोहोरिँदा, पदाधिकारी फेरिए

| पुस २३, २०७९ शनिबार

A A A
A A A

२३ पुस, रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को नयाँ कार्यसमिति टुङ्गिएको छ ।

 

 

शनिवार संघको १५ औँ वार्षिक साधारण सभा एवं सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनबाट नवजागरण बचत तथा ऋण सहकारी संस्थाका जगन्नाथ दाहाललाई अध्यक्षमा दोहोर्याउदै पदाधिकारी टुङ्ग्याएको हो । 

जसअनुसार अध्यक्षमा दाहाल दोहोरिँदा महासचिव रहेका मन्थली बचत तथा ऋण सहकारी संस्थाका नवीन के.सी उपाध्यक्ष भएका छन् ।

 

त्यस्तै साहारा बचत तथा ऋण सहकारीका शिवराज श्रेष्ठ महासचिव भएका छन् । भने, बेताली बचत तथा ऋण सहकारी संस्थाका कुल बहादुर कार्की कोषाध्यक्ष भएका छन् । 

 

सर्वसहमतीमा टुङ्गो लागेको पदाधिकारीमा जनहित कोष बचत तथा ऋण सहकारीकी दीपशिखा दाहाल, केवलेश्वर बचत तथा ऋण सहकारीका देवबहादुर श्रेष्ठ, धारा पानी बसेरी बचत तथा ऋण सहकारीका रत्न बहादुर नेवार, दिदी बहिनी महिला बचत तथा ऋण सहकारीकी शोविता न्यौपाने र पञ्चशिचल बचत तथा ऋण सहकारीका सुरेश कुमार के.सी सञ्चालक सदस्य बनेका छन् । 

पदाधिकारी सपथ खाँदै । 

१७३ वटा सहकारी संस्था आबद्ध भएको रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को लेखा सुपरिवेक्षण समितिमा जनमभूमी बचत तथा ऋण सहकारीका प्रज्ञान खड्का, नवसन्देश बचत तथा ऋण सहकारीका विवेक श्रेष्ठ र ग्रामीण बचत तथा ऋण सहकारीका सङ्गीता अधिकारी चयन भएका हुन् । 

 

४ वर्षे कार्यकालको लागि नेतृत्वमा आएका उनीहरूले मिलेर जिल्लामा सहकारी अभियानलाई अगाडि बढाउने बताएका छन् । 

 

शनिवार रामेछाप उद्योग वाणिज्य संघको भवनमा रहेको संघको १५ औँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको हो । सभामा कोषाध्यक्ष, सचिवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बहुमतले पारित भएको छ ।