बर्दिबासबाट आएको बस र खुर्कोट हिडेको सडक विभागको गाडी मन्थली भैशेश्वरमा ठोक्के (तस्बिरसहित)

| पुस २५, २०७९ सोमबार

A A A
A A A

२५ पुस, रामेछाप । मन्थली स्थित भैशेश्वरमा सरकारी नम्बर पिल्टको गाडी र यात्रु बहक बस ठोक्किएका छन् । 

 

 

नमस्ते दोलखा लेखिएको बर्दिबाट तर्फबाट मन्थली हुँदै दोलखाको चरिकोट तर्फ जाँदै प्रदेश ३-००१ ख ८६९१ बस र सडक विभागको मन्थलीबाट खुर्कोट तर्फ हिँडेको प्रदेश ३-०१-०० २ झ ५४३५ नम्बर प्लेटेको सरकारी गाडी मन्थली भैशेश्वर स्थित पेट्रोल पम्प नजिकै सडकमा ठक्कर खाएका हुन् । 

 

 

दुर्घटनामा बस नालामा फसेको छ । अहिले फसेको गाडी निकाल्ने काम जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

गाडी सडक विभाग कार्यालयको रहेको जनाइएको छ।  दुर्घटनामा कसैलाई केही नभएको जनाइएको छ । बसमा सामान्य क्षति पुगेको छ। 

 

तस्बिरहरु हेर्नुहोस्