मन्थली नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न : ६ महिनामा २७ प्रतिशत मात्रै बजेट खर्च, सम्म ३६ वटा योजनाको काम सकिए

| पुस २६, २०७९ मंगलबार

A A A
A A A

२६ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले हिउँदे अधिवेशन सोमबार सम्पन्न गरेको छ । यो नगरपालिकाले जिल्लाका आठ स्थानीय तह मध्ये पहिलै चालु आर्थिक वर्षको अधिवेशन सकेको हो । 

 

नगरपालिकाको सभा हलमा एक भव्य कार्यक्रमको बिच आयोजित १२ औँ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख लब श्रेष्ठले नगरलाई विकसित बनाउन प्रविधिमैत्री बनाउन लागेको बताए । उनले नगरले हाल भुक्तानी प्रणालीलाई सहज बनाउन डिजिटल माध्यम (ईटीएफ) प्रणालीबाट अगाडि बढाएको, प्रत्येक वडामा अनलाइनबाटै सेवा भइरहेको जानकारी दिए । उनले नगरले भुक्तानी प्रणालीलाई अब (ईटीएफ) बाट गर्न थालेको जानकारी दिएका हुन् । 

 

त्यस्तै पूर्वाधार विकासका लागि नगरले १४ वटै वडामा ३७६ वटा योजना छुट्टिएको उल्लेख गर्दै १७५ वटा योजना मात्रै सम्झौता भएको जानकारी दिए । जस मध्ये ३६ वटा योजनाको कार्य सम्पन्न भएका छन् । भने, बाँकीको काम सुचारु अवस्थामा रहेको उल्लेख गरे । 

 

 

आफूहरू आएपछि नागरिकले गुनासो सुन्न टोल फ्री नम्बर सुरु गरेको, सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउने व्यवस्था मिलाइएको, आवधिक योजना, नगर यातायात गुरु योजना, सङ्गठनात्मक र व्यवस्थापन सर्वेक्षण, बालमैत्री नगर स्थापनाको योजना लगायतको काम द्रुत गतिमा भइरहेको मेयर श्रेष्ठले उल्लेख गरे ।

चालु आर्थिक वर्षको ६ महिना सम्म नगरले जम्मा २७ प्रतिशत मात्रै बजेट खर्च गरेको नगरले एक अर्ब १३ करोड ५ लाख ४३ हजार ३४ रुपियाँ बजेटको खर्च गरेको हो । 

 

त्यस्तै यही पुस २२ गतेसम्म चालु तर्फ ७५ करोड ५५ खाल ६९ हजार बजेट रहेकोमा ३४‍.१४ प्रतिशत अर्थात् २५ करोड ७९ लाख ५१ हजार २८६ रुपियाँ बजेट खर्च भएको नगरले जनाएको छ । 

 

त्यस्तै पुँजीगत तर्फ ३७ करोड ४९ लाख ७४ हजार ३४ रुपियाँ बजेट रहेकोमा १३.१५ प्रतिशत अर्थात् ४ करोड ९३ लाख ९ हजार ८५ रुपियाँ बजेट खर्च भएको बताए ।