खिम्तीमा ट्रक दुर्घटनामा परी गोकुलगंगाका घर भएका चालक र सहचालक गम्भीर घाइते

| पुस २७, २०७९ बुधबार

सांकेतिक तस्विर ।
A A A
A A A

२७ पुस, रामेछाप । रामेछापको खिम्तीमा ट्रक दुर्घटनामा परि चालक र सहचालक गम्भीर घाइते भएका छन् । चालकको टाउकोमा गम्भीर चोट लागेको छ । 

 

दुर्घटनामा गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु घर भएका ३५ वर्षीय सोनाम तामाङ टाउकोमा गम्भीर चोट लागेको हो । त्यस्तै सह(चालक सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको पनि टाउको र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना राजु प्रसाद ढकालले जानकारी दिए । 

 

 

मङ्गलवार राति ८ बजेको समयमा लिखु तामाकोसी गाउँपालिका वडा नं ६ सिमलडाडाँ भन्ने स्थानबाट खिम्ती तर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख २६६७ नम्बरको खाली ट्रक आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

 

 

उनका अनुसार गम्भीर अवस्थामा उनीहरूको उपचारको लागी मन्थली तर्फ ल्याइएको छ ।