यी हुन् खाँडादेवीमा दिउँसै सुन लुट्ने सुनापतिका सोम बहादुर तामाङ, परे प्रहरीको ‘कब्जामा’

| पुस २८, २०७९ बिहिबार

A A A
A A A

२८ पुस, रामेछाप । खाँडादेवी ७ बतासेमा दिउँसै लुटपाट गर्ने सुनापतिका एक जना पक्राउ परेका छन् । उनले दिनको ११ बजेको समयमा लुटेका हुन् । 

 

 

पक्राउ पर्नेमा जिल्लाको सुनापती गाउँपालिका वडा नं २ फलामे पोखरी सामुदायिक वनबाट सोही पालिकाको वडा नं ३ हिलेदेवी बस्ने २४ वर्षीय सोम बहादुर तामाङ हुन् । उनलाई सुनजस्तो देखिने कानमा लगाउने रिङ थान २ सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो । 

 

 

उनले खाँडादेवी गाउँपालिका वडा नं ७ बतासे बस्ने ३५ वर्षीयकी सिता मगरको घरको ढोका बन्द गर्ने क्रममा एक्कासि आएर पछाडिबाट दुई वटा कानमा लगाएको सुनको रिङ लुटेर फरार भएका थिए । 

 

लगत्तै अस्थायी प्रहरी चौकी गाल्पाबाट खटिएको प्रहरी टोली विशेष सूचनाको आधारमा तामाङलाई लुटिएको सामाग्री सहित पक्राउ गरिएको जनाइएको छ ।