पुरानागाउँको स्थानापतिमा बुद्धको मूर्ति अनावरण

| पुस २८, २०७९ बिहिबार

मूर्ति अनावरण गर्दै नगरप्रमुख लब श्रेष्ठ ।
A A A
A A A

२८ पुस रामेछाप । रामेछापको मन्थली नगरपालिका पुराना गाउँमा बुद्धको मूर्ति अनावरण गरिएको छ । स्थानापति मन्दिर नजिकै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति स्थापना गरिएको हो ।

 

स्थानापतिमा पर्यटन प्रवर्द्धनको लागि योजनाबद्ध रूपमा काम गर्दै आएको समितिले मन्दिर प्रवेश गर्ने सिँढी नजिकै शान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति नगरपालिका प्रमुख लब श्रेष्ठले बुधवार अनावरण गरेको स्थानीय गौतम आरणले रामेछाप टाइम्सलाई जानकारी दिए । 

धर्म गुरु पेमा लामाको उपस्थितिमा वडाबाट छुट्टिएको ३ लाख बजेटबाट निर्मित बुद्ध मूर्तिले सबै धर्मको अपनत्व लिने विश्वास गरिएको छ । समिति मार्फत बनेको उक्त मूर्ति निर्माण गर्न ५ लाख लागत लागेको जनाइएको छ । 

 

नगरपालिका वडा नं ९ मा निर्मित उक्त बुद्धको मूर्ति नगर प्रमुख श्रेष्ठ सहित उप–प्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्ष गोकर्णराज आरण लगाएको उपस्थितिमा भएको हो । तस्बिर स्रोत मन्थली डेली